Thursday, March 5, 2026
spot_img

५.५५ रुपैयाँसम्म बिड गर्नेले पाए सोलारको ठेक्का, ६४ कम्पनी छनौटमा (सूचीसहित)

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डरमा आवेदन हालेका मध्ये ६४ कम्पनीले सौर्य उर्जा उत्पादनको लागि ठेक्का पाएका छन् । प्राधिकरणको विद्युत व्यापार विभागले आज ६४ कम्पनीलाई लेटर अफ इन्टेन्ट-एलओआई (आशयपत्र) प्रदान गरेको हो।

आवेदकहरुको प्राविधिक मुल्यांकन गर्दा १२७ कम्पनी छनौटमा परेका थिए । आर्थिक मुल्यांकन गर्दा ६४ कम्पनी छनौट भएका हुन् । प्राविधिक रुपमा योग्य ठहरिएका कम्पनीमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १० कम्पनी रहेकोमा ठेक्का भने एउटा कम्पनीले मात्र पाएको छ । एशियन हाइड्रोले धनुषामा ३० मेगावाटको आयोजना बनाउन ठेक्का पाएको हो । कम्पनीले प्रति किलोवाट घण्टा ५.३९ रुपैयाँको मूल्य प्रस्ताव गरेको थियो ।

प्रति किलोवाट घण्टाको मूल्य ४.९९ रुपैयाँदेखि ५.५५ रुपैयाँसम्म प्रस्ताव गर्नेले ठेक्का पाएका हुन् । यद्यपि केहि कम्पनीले माग गरिएको भन्दा थोरै क्षमताको लागि आशयपत्र पाएका हुन् ।

प्राधिकरणले ८ सय मेगावाट सोलार विद्युत उत्पादनको लागि प्रस्ताव आह्वान गरेको थियो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेपछि प्राधिकरणले ९ सय ६० मेगावटको ठेक्का लगाएको हो। ठेक्का पाउने कम्पनीहरुमा भारतीय लगानीका कम्पनीहरु पनि छन् ।  धेरै कम्पनीहरुले के भन्दा बढी आयोजनाको लागि पनि ठेक्का पाएका छन् ।

अब १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गरिसक्नु पर्छ भने १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने छ।

हेर्नुस् कसले, कुन ठाउँमा, कति क्षमताको र कुन मूल्यको टेण्डर हालेर पाए ठेक्का ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...

नेपाल, ओमान र यूएई बीचको त्रिकोणात्मक सिरिज स्थगित

इजरायल र इरान बीच भइरहेको युद्धले पश्चिम एसियाली देशहरुमा...

ब्रोकरमार्फत घरजग्गा कारोबार गर्नुपर्ने प्रावधान स्थगित

सरकारले लाइसेन्स प्राप्त कम्पनी (ब्रोकर)मार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने...
spot_img