Friday, November 14, 2025
spot_img

५.५५ रुपैयाँसम्म बिड गर्नेले पाए सोलारको ठेक्का, ६४ कम्पनी छनौटमा (सूचीसहित)

spot_img

नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डरमा आवेदन हालेका मध्ये ६४ कम्पनीले सौर्य उर्जा उत्पादनको लागि ठेक्का पाएका छन् । प्राधिकरणको विद्युत व्यापार विभागले आज ६४ कम्पनीलाई लेटर अफ इन्टेन्ट-एलओआई (आशयपत्र) प्रदान गरेको हो।

आवेदकहरुको प्राविधिक मुल्यांकन गर्दा १२७ कम्पनी छनौटमा परेका थिए । आर्थिक मुल्यांकन गर्दा ६४ कम्पनी छनौट भएका हुन् । प्राविधिक रुपमा योग्य ठहरिएका कम्पनीमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १० कम्पनी रहेकोमा ठेक्का भने एउटा कम्पनीले मात्र पाएको छ । एशियन हाइड्रोले धनुषामा ३० मेगावाटको आयोजना बनाउन ठेक्का पाएको हो । कम्पनीले प्रति किलोवाट घण्टा ५.३९ रुपैयाँको मूल्य प्रस्ताव गरेको थियो ।

प्रति किलोवाट घण्टाको मूल्य ४.९९ रुपैयाँदेखि ५.५५ रुपैयाँसम्म प्रस्ताव गर्नेले ठेक्का पाएका हुन् । यद्यपि केहि कम्पनीले माग गरिएको भन्दा थोरै क्षमताको लागि आशयपत्र पाएका हुन् ।

प्राधिकरणले ८ सय मेगावाट सोलार विद्युत उत्पादनको लागि प्रस्ताव आह्वान गरेको थियो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेपछि प्राधिकरणले ९ सय ६० मेगावटको ठेक्का लगाएको हो। ठेक्का पाउने कम्पनीहरुमा भारतीय लगानीका कम्पनीहरु पनि छन् ।  धेरै कम्पनीहरुले के भन्दा बढी आयोजनाको लागि पनि ठेक्का पाएका छन् ।

अब १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गरिसक्नु पर्छ भने १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने छ।

हेर्नुस् कसले, कुन ठाउँमा, कति क्षमताको र कुन मूल्यको टेण्डर हालेर पाए ठेक्का ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img