Monday, September 7, 2026
spot_img

निजी क्षेत्र कै ठूलो हाइड्रो अपर तमोरको वित्तीय व्यवस्थापन, ८ संस्थाले ऋण लगानी गर्ने

spot_img

स्वदेशी निजी क्षेत्रको पहलमा निर्माण हुन लागेको हालसम्म कै ठूलो जलविद्युत आयोजना ‘अपर तमोर जलविद्युत आयोजना’को लागि लगानी जुटेको छ । अपर तमोर हाइड्रोपावर कम्पनीले बनाउने २८५  मेगावाटको यो आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा आज वित्तीय व्यवस्थापनको लागि सम्झौता भएको हो ।

ऋण लगानी सम्झौतामा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अपर तमोरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एभरेस्ट बैंक लिमिटेडको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले ऋण लगानी गर्ने छन् । कार्यक्रम सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र रघुबिर महासेठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई लगायतको सहभागीता रहेको थियो ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज सहित ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमा ३०% स्वपुँजी र बाँकी ऋण लगानी हुनेछ ।

यस आयोजनाको २० प्रतिशत शेयर सुपर मादी हाइड्रोपावर कम्पनी, २३ प्रतिशत शेयर पुष्प ज्योति ढुंगाना र उनी सम्बद्द कम्पनी र ८ प्रतिशत शेयर सानिमा हाइड्रोपावर लिमिटेडले लिने बताईएको छ। यस कम्पनीमा लगानीको गर्नको लागि रकम जुटाउन सुपर मादी हाइड्रोपावर कम्पनीले डेढ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्ने सक्ने बजार चर्चा छ ।  ३० प्रतिशत शेयर आईपीओ मार्फत सर्वसाधारणलाई निष्काशन हुने छ ।

ताप्लेजुङको तापेथोकमा बन्ने यस आयोजनाको आउट लेट ताङलुङ गाउँपालिकामा पर्छ भने पावर हाउस फुङलिङ नगरपालिकामा पर्छ।

कार्यक्रममा अपर तमोर हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्प ज्योति ढुङ्गानाले २०४९ सालको विद्युत ऐन ल्याउने शैलाजा आचार्यलाई सम्झदै २१ वर्ष अघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका बताए ।

यस अघि : निजी क्षेत्र कै ठूलो हाइड्रो अपर तमोरमा जुट्यो लगानी, सुपरमादीको हकप्रद आउन सक्ने

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...