Sunday, July 19, 2026
spot_img

प्राधिकरणले खुलाएको सोलारको टेण्डरमा नेप्सेमा सूचीकृत १० सहित १२७ कम्पनी योग्य (सूचीसहित)

spot_img

नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डरमा आवेदन हालेका मध्ये १२७ कम्पनी प्राविधिक रुपमा योग्य ठहर भएका छन् । प्राधिकरणको विद्युत व्यापार विभागका अनुसार  आवेदकहरुको प्राविधिक मुल्यांकन गर्दा १२७ कम्पनी मात्र प्राविधिक रुपमा तोग्य ठहर भएका हुन् ।

प्राविधिक रुपमा योग्य ठहरिएका कम्पनीमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनी पनि छन् । नेप्सेमा सूचीकृत अरुण भ्याली हाइड्रोपावर लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड, अपि पावर लिमिटेड, इंगवा हाइड्रोपावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बुटवल पावर कम्पनी,  अरुण काबेली पावर लिमिटेड , एशियन हाइड्रोपावर लिमिटेड र रिडी पावर कम्पनी लिमिटेड रहेका छन्। यी मध्ये केही कम्पनीले एक भन्दा बढी आयोजना निर्माणको लागि पनि प्रस्ताव गरेका छन् ।

प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार अब प्राविधिक मुल्यांकनमा योग्य ठहरिएका कम्पनीहरुको आर्थिक मुल्यांकन गरिने छ । आर्थिक प्रस्तावहरु कार्तिक ६ गते दिउँसो १ बजे खोल्ने तयारी छ।

प्राधिकरणले ८ सय मेगावाट सोलार विद्युत उत्पादनको लागि प्रस्ताव आह्वान गरेको हो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेको छ । अब  सबै भन्दा कम मूल्यमा प्राधिकरणलाई विद्युत दिन प्रस्ताव गरेका कम्पनीहरुले कुल ८ सय मेगावाटसम्मको लागि यो ठेक्का पाउने छन्  ।

हेर्नुस् प्राविधिक रुपमा योग्य रहेका कम्पनी : 

प्राधिकरणको विद्युत ब्यापार विभागले २०८० चैत्र २१ गते ४५ दिनको समयसीमा राखेर  ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्नको लागि इच्छुक विकासकर्ताबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको थियो । प्राधिकरणले आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी विकासकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो । तर विकासकर्ताको सहभागिता न्यून भएको भन्दै प्राधिकरणले ३ पटक म्याद थपेको थियो। पहिलो पटक असार ४ गतेसम्मका लागि, दोस्रो पटक असार २५ गतेसम्मका लागि र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थपेको थियो । केही विकासकर्ताले भने चलखेल भएको भन्दै विद्युत प्राधिकरणले खुलाएको सोलारको टेण्डर रद्द गर्न माग पनि गरेका थिए ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट चार्ज

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२०...

बिपी राजमार्ग खुल्यो

सुख्खा पहिरोका कारण अवरुद्द बनेको बिपी राजमार्ग सञ्चालनमा आएको...

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्राः बदलिँदो बजार र निरन्तर सिकाइ

दुर्गा भुजेल आजभन्दा १३ वर्षअघि मेरो व्यवसायिक यात्रा एउटा...

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...
spot_img