आँखुखोला जलविद्युत कम्पनीले लिलामीमा ल्याएको शेयरको लागि परेका शिलबन्दी बोलपत्र फारम खोलिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले कार्तिक २ गते शुक्रबार बोलपत्र फारमहरु खोलेको हो ।
जस अनुसार लिलामीमा ल्याईएको शेयरको प्रारम्भिक कट अफ मूल्य १७१ रुपैयाँ कायम भएको नबिल इन्भेष्टमेन्टले जनाएको छ। यस अनुसार प्रतिकित्ता १७१ रुपैयाँ र त्योभन्दा बढी मूल्यमा कबुल गरेर आवेदन दिएका लगानीकर्ताले कम्पनीको शेयर पाउने छन् ।
कम्पनीले असोज ११ गतेदेखि असोज २० सम्म हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाममा ल्याएको थियो। कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो। हकप्रदमा १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर लिलाममा आएको थियो।












