Friday, June 5, 2026
spot_img

आँखुखोलाको १७ लाख ५० हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img
spot_img

आँखुखोला जलविद्युत कम्पनीले आज असोज ११ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाममा ल्याएको हो।

यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै नबिल बैंकको विर्तामोड, विरगंज, हेटौडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगंज, बराहताल सुर्खेत, र धनगढी शाखाबाट  आवेदन दिन सकिने छ ।

कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म १:१.५०  को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो।  हकप्रदमा  १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर लिलाममा आउन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img