Saturday, September 14, 2024

‘लगानीकर्तालाई प्रतिफल दिनकै लागि नयाँ आयोजनामा लगानी गर्न लागिएको हो’

प्रतीक्षा शर्मा

आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन गरिरहेको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ः१.५ को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको हो ।कम्पनीले मुलत नयाँ आयोजनामा लगानी गर्न र कम्पनीको ऋण तिर्न को लागि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

नयाँ आयोजना छनौट

कम्पनीले लगानीको लागि उपयुक्त जलविद्युत आयोजना खोजि गरिरहेको थियो । यसै क्रममा गणेश हिमाल हाईड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित आयोजना २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनाबाट प्रस्ताव आयो । यो आयोजना धादिङ्ग जिल्लास्थित गङ्गा जमुना, खनियाँबास र नेत्रावती गाउँपालिका गरी ३ वटा गाउपालिकाको बीचमा पर्दछ । प्रस्ताव आईसकेपछि हामीले आयोजनाबारे अध्ययन गर्यौ। यो आयोजना हाल हामीसँग रहेको आँखुखोला–१ जलविद्युत आयोजनाको सबैभन्दा नजिकमा रहेको र अन्य प्रविधिक हिसाबले उचित देख्यौ । त्यसपछि आयोजनामा लगानी गर्ने निर्णय गरिएको हो ।

आयोजनाका उपकरण

उक्त आयोजनाको जलाधार क्षेत्र र हाम्रो आँखुखोला–१ जलविद्युत आयोजनाको जलाधार क्षेत्र एउटै रहेको कारण पनि उक्त आयोजनाको जिवोलोजी तथा हाइड्रोलोजीसँग हामी धेरै हदसम्म परिचित पनि छौँ । सो कारण उक्त आयोजना निर्माण हाम्रो लागि केही सहज हुनेछ भनेर आयोजना छनौट गरिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रशारण लाइनमार्फत २५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित त्रिशुली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट २०८५ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

‘हकप्रदले लागत घटाउँछ, नयाँ आयोजना बनेपछि लाभांश दिन सक्छौँ’ आँखुखोलाका अध्यक्ष श्रेष्ठको अन्तर्वार्ता

२० मेगावाटको ठूलो आयोजनामा लगानी गर्न पुँजी पनि ठूलो नै चाहिने भएकोले हकप्रदको विकल्प लिइएको हो। हकप्रदबाट संकलन हुने करिब ६० प्रतिशत रकम यस आयोजनामा लगानी गरिने छ। बाँकि रहेको रकम भने कम्पनीको ऋण तिर्न प्रयोग हुनेछ ।

कम्पनी नाफामा जान नसक्नुको कारण

हामीले हाल धादिङ जिल्लामा ८.४ मेगावाट क्षमताको आँखुखोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेका छौ । आयोजनाले २०७० भाद्र ८ गतेदेखि व्यापारिक विद्युत उत्पादन प्रारम्भ गरेको हो । १० वर्षसम्म बिजुली बिक्री गर्दा कम्पनी नाफामा जानु पर्ने हो । तर हाम्रो आयोजनाको लागत बढ्न गएको र पुरै बिजुली बेच्न नपाएकोले हामीलाई नाफामा जान समय लागेको हो ।

कम्पनीको विद्युत बिक्रीको आम्दानी

अहिले पनि समय समयमा प्रसारण लाइनको समस्या भईरहन्छ । अहिले ३३ केभी प्रसारण लाइनबाट हाम्रो विद्युत प्रवाह भईरहेको छ। हामीले बिजुली पठाउने प्रसारणलाइनमा पहिले नै अन्य २–३ आयोजनाको बिजुली आईरहेको हुन्छ । यसले गर्दा हाम्रो बिजुली पुरै पठाउनको लागि प्रसारण लाइनले लोड नै थाम्दैन । जस कारण वर्षायाममा अहिले हाम्रो ३ वटा युनिट मध्ये २ वटा युनिट मात्र संचालन गर्नु पर्ने बाध्यता छ।

कम्पनीले तिरेको ऋण

अब भने अर्को प्रसारणलाइन निर्माण सम्पन्न हुने चरणमा छ । यो प्रसारण लाइन सम्पन्न भए पश्चात अन्य जिल्लाबाट आएको बिजुली नयाँ प्रसारणलाइनमा जाने छ र अहिले हामीले प्रयोग गरिरहेको प्रसारणलाइन खाली हुने हुँदा हामीले सबै बिजुली बिक्री गर्न सक्ने छौ । यसले हाम्रो आम्दानी बढाउछ।

कम्पनीले तिर्न बाँकि ऋण

त्यस्तै हाम्रो आयोजना लो हेड आयोजना हो, जसमा ठूला ठूला संरचना बनाउनु पर्ने हुन्छ । ठूलो संरचना बनाउँदा पछि छिटो छिटो मर्मत गरिरहन पर्दैन । तर सुरुमा बनाउँदाको लागत भने ठूलो हुन्छ । सोहि कारण हाम्रो लागत बढ्न गएको हो । तर त्यसबेला ठूलो गरिएकोले नै अहिले मर्मतमा ठूलो खर्च परेको छैन । १० वर्षपछि बल्ल हामीले आयोजनाको मेजर मर्मत गरेका हौ । लो हेड नभएको भए संचालनमा आएको केही समय मै मर्मत गर्नु पर्ने हुन्थ्यो ।

कम्पनीको नाफा नोक्सान विवरण

त्यस्तै निर्माण अवधिको ब्याज धेरै हुँदा लागत बढ्यो । हामीले सुरुमा जति ब्याजदरमा ऋण लिएका थियौ, पछि ब्याजदर बढेर १७ प्रतिशतसम्म पुग्यो । यसले पनि लागत बढायो । अहिले भने हामी उच्च मूल्यमा विद्युत बिक्री गरिरहेका छौ । आयोजनाको विद्युत बिक्रीदर वर्षायामका लागि रु. ४ र सुख्यायामका लागि रु. ७ तय भएको थियो । आयोजनाले ३ प्रतिशतका दरले ८ वर्ष सम्मका लागि मूल्य बृद्धि दर प्राप्त गर्ने सम्झौता अनुसार अहिले उच्च मूल्यमा विद्युत बिक्री गरिरहेका छौ । अहिले हामीले हिउँदमा प्रति युनिट ८.८९ रुपैयाँ र वर्षामा ५.०८ रुपैयाँमा बिजुली बिक्री गरिरहेका छौ ।
अब हाम्रो विद्युत बिक्री आम्दानी बढ्ने छ र हकप्रदको रकमले ऋण तिरेपछि ब्याज खर्च घट्ने छ। अबको २ देखि ४ वर्षमा कम्पनी नाफामा जाने प्रक्षेपण गरेका छौ ।

कम्पनीको संचालन खर्च

अगाडी आयोजना बनाउँदा हामीले धेरै पाठ सिक्ने अवसर पाएका छौ । ति पाठ हामीले नयाँ आयोजना बनाउँदा आत्मसाथ गर्ने छौ । व्यवस्थापन चुस्त बनाउने छौ, आयोजनास्थलमा नियमित निरीक्षण तथा मुल्यांकन गर्ने छौ । आयोजना समय मै निर्माण सम्पन्न गर्ने छौ । हामीले प्रयोग गर्ने उपकरण र ठेकेदार छनौटमा पनि विशेष ध्यान पुर्याउने छौ ।

लगानीकर्तालाई संदेश
हकप्रद शेयरमा आवेदन दिने लगानीकर्ताको हक नै भएकोले लगानीकर्तालाई यसमा नछुटुन आग्रह गर्छु । शेयर मूल्य पनि समायोजन भईसकेकोले हकप्रदमा आवेदन नदिंदा स्वयंलाई नै घाटा हुन्छ । हामीले लगानीकर्तालाई कसरी लाभांश दिन सकिन्छ भनेर सम्भावनाहरु हेरिरहेका छौ । सोहि कारण नै नयाँ आयोजनामा लगानी गर्न लागिएको हो । दीर्घकालमा कम्पनीमा लगानी सुरक्षित छ। ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु ।

कम्पनीको आयोजना स्थल

जलविद्युतलाई प्रोत्साहन गर्न सरकारको भूमिका
नेपालमा जलविद्युत उत्पादनमा निजी क्षेत्रको ठूलो भूमिका छ। यद्यपि जलविद्युत क्षेत्रलाई सरकारले अझै प्रोत्साहन गर्नु पर्ने देखिन्छ । सरकारले नै घोषणा गरेको प्रति मेगावाट ५० लाख भ्याट फिर्ता कार्यान्वयन गरिनु पर्छ । ३० वर्षको लागि भनेर गरिने विद्युत बिक्री सम्झौताको अवधि विद्युत ऐन अनुसार बढाउनु पर्छ । विदेशी लगानी ल्याउने र फिर्ता लैजाने प्रक्रिया सरल र सहज हुनु पर्छ । विद्युत प्राधिकरणले प्रसारणलाइन समयमा बनाउन सकेको छैन । कम्तिमा विद्युत उत्पादनको लागि मिति तोकिसकिएका आयोजनाको लागि प्रसारणलाइनको ग्यारेन्टी पहिले नै हुनु पर्छ । प्राधिकरणले बनाउन नसक्ने भए निजी क्षेत्रलाई नै प्रसारणलाइन निर्माणको जिम्मा दिईनु पर्छ । भन्सार छुट पाउने प्रक्रिया पनि सरलीकृत हुनु पर्छ । जग्गा प्राप्ति, वन क्षेत्रमा रुख काट्ने प्रक्रिया पनि सरल बनाइनु पर्छ ।

(आँखु खोला जलविद्युत् कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मासँगको कुराकानीमा आधारित)

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...