साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी

spot_img
spot_img

बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ । प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको हो ।

त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ । साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्नका निम्ति मेसिनको पासवर्ड रिसेट गर्न आवश्यक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ ।आवश्यक प्राविधिक सहयोग जुटेमा आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ ।

बाढीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा नियमित आपूर्ति पुनःस्थापनाको कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...