Sunday, November 9, 2025
spot_img

भिजन इनर्जी एण्ड पावरको साधारणसभा आह्वान, आईपीओ निष्काशन प्रस्ताव

spot_img

भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले भदौ १४ गतेको लागी साधारणसभा आह्वान गरेको हो  ।

कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, र वित्तीय विवरण स्वीकृत  गर्ने,  आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने, र संचालक समितिको निर्वाचन गर्ने साधारण प्रस्ताव पेश हुने छ ।

कम्पनीको साधारणसभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने, तथा आईपीओ निष्काशनको लागि लागि गर्नु पर्ने सम्पूर्ण कार्यको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ। यसको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । भिजन इनर्जी एण्ड पावरले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ ।  आयोजनामा सरकारी स्वामित्व रहेको एचआईडिसिएलको लगानी पनि रहेको छ ।

यस कम्पनीका अध्यक्ष टिएन आचार्य हुन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img