Tuesday, June 9, 2026
spot_img

९ अर्ब लागतमा ४५ मेगावाटको चुमचेत स्यारखोला आयोजना बनाउँदै चिलिमे, इआइए तयार

spot_img
spot_img

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले बनाउने ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । कम्पनीले प्रतिवेदन तयार पारेर स्वीकृतिको लागि वन मन्त्रालयमा पेश गरेको छ।

कम्पनीले बनाउने यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा रहने छ । कम्पनीका अनुसार आयोजनाको लागि चुमनुव्री गाउँपालिका-६ को गुमलुङ्गमा अवस्थित झोलुङ्गे पुल भन्दा ३०० मि. तल ८.५० मि. अग्लो र १५.५० मि. लम्बाइको Weir निर्माण गरी १३.८५ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई ग्रेभल ट्रेप हुदै बालुवा थिग्राउने पोखरीमा पुऱ्याई सफा पानीलाई ४९३२.३७ मि. लामो सुरुङ्ग मार्फत सर्ज शाफ्टमा पठाईने छ ।

तत्पश्चात् उक्त पानीलाई ७२५ मि. लामो २.० मि. आन्तरिक व्यास भएको प्रेसर शाफ्ट मार्फत चुमनुव्री गाउँपालिका-६ लोक्पा गाउँ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली पेल्टन टर्वाइनको सहायताले ४५ मे.वा. विद्युत उत्पादन गरिने छ । त्यसपछि निष्कासन हुने पानीलाई ३९० मि. लम्बाइ ३.६० मि. चौडाइ र ३.७५ मि. उचाइको टेलरेस सुरुङ्ग मार्फत पुनः स्यार खोलामा नै छोडिने कम्पनीले जनाएको छ । प्रस्तावित आयोजनाको सम्पूर्ण संरचनाहरु स्यार खोलाको दायाँ किनारमा अवस्थित रहने छन् ।

यस आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई २२० के.भी. सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढी गण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ्ग स्टेशमा जोडिने छ । तत्पश्चात बुढी गण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक-१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई ७० किलोमिटर लामो एकिकृत २२० के.भी. डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोकमा प्रस्तावित २२० / १३२/३३ के.भी. सवस्टेसनमा जोडी ने. वि. प्रा. को ग्रिडमा २२० के.भी. भोल्टेज लेभलमा Evacuate गर्ने योजना रहेको छ ।

आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख अनुमान गरिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...
spot_img