Monday, July 6, 2026
spot_img

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

spot_img

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेल ईनर्जीले गर्ने भएको छ । प्रबर्दक कम्पनी र फ्लोभेल ईनर्जीबीच बिहीबार सम्झौता भएको हो ।

लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहन डाँगीका अनुसार आयोजनाको इलेक्ट्रो मेकानिकल कार्यका लागि २०८१ साल असोज २२ गते  प्रस्ताव आह्वान गरिएको थियो, जसमा विभिन्न १० विदेशी कम्पनीले इच्छापत्र पेश गरेका थिए। ति कम्पनी मध्ये भारतको फ्लोभेल ईनर्जीको प्राविधिक र आर्थिक प्रस्ताव छनौट गरिएको हो । अबको २३ महिनामा कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको अध्यक्ष डाँगीले जानकारी दिए।

यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ ।  कम्पनीको आयोजनामा सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र  हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत  ९९६ करोड रुपैयाँ रहेको छ।

प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने  गरि सम्झौता भईसकेको छ। आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ । आयोजना निर्माण सम्पन्न गरि सक्नु पर्ने समय  २०८४ कात्तिक २ गते तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img