Saturday, November 15, 2025
spot_img

विद्युत महशुल विवादमा इप्पानको ध्यानाकर्षणः प्राधिकरण र उद्योगीलाई समाधान खोज्न आग्रह

spot_img

डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल बक्यौता सम्बन्धि विवादबारे निजी क्षेत्रका उर्जा प्रवद्धर्कहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुलबारे विवाद चर्किदै गएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दूबै पक्षलाई विवाद कायम राख्ने नभई समाधान खोज्न दूबै पक्षलाई अपिल गरेको छ ।

इप्पानले छलफल र संवादमार्फत विवाद समाधान गर्न दूबै पक्षलाई अनुरोध गर्दै प्राधिकरणलाई पनि लाइन काट्ने कदमबाट फिर्ता हुन र उद्योगीहरुलाई पनि आफैँ उद्योग बन्द गरेर बसेको अवस्थाबाट फिर्ता हुन आग्रह गरेको छ ।

इप्पानले प्राधिकरणले धमाधम उद्योगहरुमा लाइन काट्दा खपत कम भएको हुँदै गएको भन्दै यसका कारण जलविद्युत आयोजनाहरुको आम्दानी प्रभावित हुने जनाएको छ । नेपालमा वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बिजुली वर्षाको समयमा उत्पादन हुने गरेको र हाल विद्युत उत्पादन बढेको बेलामा कम खपत हुँदा आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्ने इप्पानले उल्लेख गरेको छ ।

‘लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको छ, सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसायसमेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ’, इप्पानले विज्ञप्तिमा भनेको छ, ‘प्राधिकरणले उद्योगको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडीकेटेड वक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफैँ विच्छेद गर्ने अवस्थाबाट पछाडी हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक छ ।’

इप्पानले ऊर्जा खपतका लागि ऊर्जा उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले मात्रै नेपालको उर्जा क्षेत्रको विकास सम्भव हुने भन्दै अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाई भइसकेको समेत जनाएको छ । उर्जा उत्पादकहरुको तर्फबाट इप्पानले विवाद समाधान गरी निजी क्षेत्रहरुले उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाईदिन अपिल पनि गरेको छ ।

प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै उद्योगहरुको लाइन काट्न थालेको छ । प्राधिकरणले ५ वटा उद्योगको लाइन काटेपछि यसको विरोधमा उत्रिएका उद्योगीहरुले बाँकी सबै उद्योगको लाइन आफैँले काटेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img