Tuesday, August 18, 2026
spot_img

बाढीले नेशनल हाइड्रोपावरको आयोजनामा क्षति

spot_img

सिन्धुपाल्चोकको याङ्ग्री तथा इन्द्रावती नदीमा गएराति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ। ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, सब स्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। यो आयोजना नेशनल हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो ।

बाढीका कारण जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ। साथै खाल्डेखोलादेखि तिपेनीसम्मको सडकसमेत अवरुद्ध भएको छ । यो क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा बिरामीसमेत मारमा परेका लामाले बताए।

त्यस्तै चिण्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए। याङ्ग्री तथा इन्द्रावती नदीतटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ। चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिब्रिज’ पनि जोखिममा परेको छ। त्यस्तै नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्ड हल समेत बाढीको जोखिममा बताइएको छ। यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिब्रिज बाढीले बगाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img