म्याग्दी र राहुघाट नदीबाट उत्पादित बिजुली प्रवाह हुने प्रसारणलाइन निर्माण अन्तिम चरणमा

spot_img
spot_img

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालका अनुसार चार वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० सम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण गर्न चार वर्षअघि रु. तीन अर्ब ५७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...