Tuesday, August 18, 2026
spot_img

९ अर्बमा ४५ मेगावाटको चुमचेत स्यारखोला आयोजना बनाउँदै चिलिमे, ३५ दिने सूचना जारी

spot_img

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजना निर्माणको लागि अनुमतिपात्र माग गर्दै विद्युत विकास विभागमा आवेदन दिइसकेको छ ।

अब विद्युत विकास विभागले प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गर्दै आज भदौ ९ गते सार्वजनिक सूचना प्रकाशन गरेको छ । सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गरिएको छ।

कम्पनीले बनाउने यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा रहने छ । कम्पनीका अनुसार आयोजनाको लागि चुमनुव्री गाउँपालिका-६ को गुमलुङ्गमा अवस्थित झोलुङ्गे पुल भन्दा ३०० मि. तल ८.५० मि. अग्लो र १५.५० मि. लम्बाइको Weir निर्माण गरी १३.८५ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई ग्रेभल ट्रेप हुदै बालुवा थिग्राउने पोखरीमा पुऱ्याई सफा पानीलाई ४९३२.३७ मि. लामो सुरुङ्ग मार्फत सर्ज शाफ्टमा पठाईने छ ।

तत्पश्चात् उक्त पानीलाई ७२५ मि. लामो २.० मि. आन्तरिक व्यास भएको प्रेसर शाफ्ट मार्फत चुमनुव्री गाउँपालिका-६ लोक्पा गाउँ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली पेल्टन टर्वाइनको सहायताले ४५ मे.वा. विद्युत उत्पादन गरिने छ । त्यसपछि निष्कासन हुने पानीलाई ३९० मि. लम्बाइ ३.६० मि. चौडाइ र ३.७५ मि. उचाइको टेलरेस सुरुङ्ग मार्फत पुनः स्यार खोलामा नै छोडिने कम्पनीले जनाएको छ । प्रस्तावित आयोजनाको सम्पूर्ण संरचनाहरु स्यार खोलाको दायाँ किनारमा अवस्थित रहने छन् ।

यस आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई २२० के.भी. सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढी गण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ्ग स्टेशमा जोडिने छ । तत्पश्चात बुढी गण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक-१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई ७० किलोमिटर लामो एकिकृत २२० के.भी. डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोकमा प्रस्तावित २२० / १३२/३३ के.भी. सवस्टेसनमा जोडी ने. वि. प्रा. को ग्रिडमा २२० के.भी. भोल्टेज लेभलमा Evacuate गर्ने योजना रहेको छ ।

आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img