Thursday, July 9, 2026
spot_img

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

spot_img

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक आयातकर्तामा एलआरआर मोटर्स नियुक्त भएको छ । यसअघि जी मोटर्ससँग रहेको आधिकारिक आयातकर्ताको अनुमति खारेज भएसँगै एलआरआर मोटर्स आधिकारिक आयातकर्ता बनेको हो ।

स्काईवेल ईभीको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गरेर नेपालका लागि एलआरआर मोटर्सलाई आधिकारिक डिलरसीप प्रदान गरेको हो । एलआरआर मोटर्सले वाणिज्य विभागबाट एजेन्सी दर्तासमेत प्राप्त गरिसकेको छ ।

यसअघि जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले २०२६ जुन ५ देखि लागू हुने गरी जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट बर्खास्त गरेको थियो ।

स्काईवेलको आधिकारिक आयातकर्तामा नियुक्त भएसँगै एलआरआर मोटर्सले ‘सर्भिसमा फोकस’ गरिएको बताएको छ । यसअघि स्काईवेल ईभी खरिद गरेका ग्राहकहरुले सेवा नपाउने अवस्था आउन नदिन सुरुमा पार्टस् र सर्भिसमा फोकस गरिएको एलआरआर मोटर्सले जनाएको छ ।

यसअघि गाडी किनेका ग्राहकहरुले (जी मोटर्सबाट गाडी किनेका ग्राहकहरुले) सर्भिसको ग्यारेन्टी पाउने सुनिश्चितता गर्न गाडी भन्दा पहिले पार्टस् आयात गर्न लागिएको कम्पनीले जनाएको छ । ‘नयाँ गाडीभन्दा अगाडि पार्टस् ल्याउँदैछौँ, ताकी पूराना ग्राहकहरुले पनि सेवाको सुनिश्चितता प्राप्त गर्न सक्नुहोस्’ एलआरआर मोटर्सका अधिकारी भन्छन्, ‘गाडि चाहिँ नाडा अटो शोमा आउँछ ।’

कम्पनीले स्काईवेल बीई ११ लाई नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । जी मोटर्सले हाल बिक्री गरिरहेको मूल्यभन्दा सस्तो मूल्यमा गाडी लन्च गर्न सकिने एलआरआर मोटर्सले संकेत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...
spot_img