Tuesday, July 7, 2026
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

spot_img

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital Market Development Blueprint of Nepal) सार्वजनिक गर्ने भएको छ । त्यसको लागि हाल बोर्डक नव नियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले धमाधम विभिन्न क्षेत्रका सुझाव सङ्कलन गरिरहेका छन् ।

बोर्डका अनुसार अध्यक्ष डा. भट्टले बोर्डको नियामकीय क्षेत्राधिकार भित्र रहेका धितोपत्र बजार, सिडिएससी, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर / धितोपत्र दलाल) सम्बद्ध एसोसिएसनहरू, क्रेडिट रेटिङ्ग एजेन्सीहरू, सर्वसाधारण लगानीकर्ताहरू एवम् पुँजी बजारसँग सरोकार राख्ने विभिन्न निकायहरूसँग भेटघाट तथा परामर्श गरिरहेका छन्।

भेटघाट एवम् परामर्शको क्रममा अध्यक्ष भट्टले बजार विकास र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा प्राप्त सुझावहरूलाई लिपिबद्ध गर्दै आगामी आ.व. २०८३/८४ को कार्य योजनामा समावेश गर्ने र यथाशीघ्र पुँजी बजार विकास मार्ग चित्र (Capital Market Development Blueprint of Nepal) सहितको समग्र पुँजी बजार विकास कार्य योजना सार्वजनिक गर्ने वचनबद्धता सरोकारवाला सबै सँग व्यक्त गर्ने गरेका छन् ।

नेपाल सरकारको आ.व. २०८३/८४ मा वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा उल्लिखित पुँजी बजार विकास र सुधारसँग सम्बन्धित नीति एवम् कार्यक्रम, धितोपत्र बोर्डबाट आगामी आ.व.मा कार्यान्वयन गरिने पुँजी बजार विकास मार्ग चित्र (Blue Print) सहितका कानूनी (Legal), संरचनागत (Institutional), नियामकीय (Regulatory), प्रविधि (Technological) एवम् स्वस्थ, सुरक्षित, प्रभावकारी, लगानीकर्ताको हित सुरक्षित गर्ने पर्याप्त व्यवस्था भएको प्रविधिमैत्री पुँजी बजार विकासको नीति, कार्य योजना एवम् तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजनाहरू ल्याउने बोर्डको तयारी रहेको बताईएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ...
spot_img