Wednesday, July 8, 2026
spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले मनायो १० औँ वार्षिकोत्सव, ‘एक दशकको यात्रा’ सार्वजनिक

spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले १० औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार साँझ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीको तर्फबाट प्रकाशित ‘एक दशकको यात्रा’ पुस्तक विमोचन गरिएको छ। पुस्तकमा २०७२ सालमा कम्पनी स्थापना भएपछि कम्पनीले हालसम्म गरेका काम कारवाही, प्रगति विवरण, चुनौती र भावी योजनाबारेको जानकारी समेटिएको छ । साथै कम्पनीले लाइसेन्स लिएका आयोजनाहरुको जानकारी र पछिल्लो प्रगति विवरण समावेश गरिएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीको प्रोजेक्ट मोनीटरिङ ड्यासबोर्डको पनि औपचारिक उद्घाटन गरिएको छ । साथै कम्पनीको गित पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा  उर्जामन्त्री दीपक खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताए। उनले भने “कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ”। उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे  ।

उर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा उर्जा क्षेत्रलाई लिएको बताए । १० वर्षका लागि उर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र उर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार उर्जा विकासमा लागिरहेको स्पष्ट पारे । सरकार उर्जा क्षेत्रलाई तीव्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाई थियो ।

“ठूलो लगानी हुने उर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तिय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले उर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रुपमा निजी क्षेत्रलाई लिएका छौँ,”– उनले भने । उनले उर्जा क्षेत्रको विकासका लागि देखिएका कानूनी जटिलता र अफ्ठयारालाई सरकारले समाधान गर्दै जाने उल्लेख गरे ।

उनले उर्जा क्षेत्रको विकासका लागि अन्तरनिकाय समन्वय आवश्यक रहेको बताए । मन्त्री खड्काले हाम्रा दुई छिमेकी मुलुकबाट उर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने उल्लेख गरे । उनले विद्युतको माग दिनानुदिन बढ्दै गएको भन्दै उत्पादन बढाउन लाग्नुपर्ने बताए । हाम्रो मानसिकताका कारण हामी पछाडी परेको भन्दै मन्त्री खड्काले त्यसबाट माथि उठ्नुपर्ने उल्लेख गरे ।

विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे ।

उर्जा सचिव एवम् राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रुपमा विकास गरी देशको उर्जा आपूर्ति र उर्जा व्यापारको सशक्त सम्वाहक बनाउन जरुरी रहेको बताए ।

लगानी वोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनीयर सागर श्रेष्ठले ग्रीड कम्पनीले आगामी दश वर्षमा प्रसारण पूर्वाधारलाई सुदृढ बनाउँदै लैजाने बताए ।  कम्पनीले हाल ११ प्रसारण आयोजनालाई विभिन्न चरणमा अगाडि बढाएको सीइओ श्रेष्ठले जानकारी दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img