Sunday, June 28, 2026
spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ वटा हाइड्रोबीच ऐतिहासिक ग्रिड कनेक्सन सम्झौता

spot_img
spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ वटा जलविद्युत आयोजनाबीच आज ऐतिहासिक ग्रिड कनेक्सन एग्रिमेन्ट सम्झौता भएको छ। आज उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काको उपस्थितिमा  सो सम्झौता भएको हो।

ग्रिड कम्पनीले तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनी, सुरमा सरोवर हाइड्रोपावर प्रालि, बडिमालिका हाइड्रोपार प्रालि, सुर्य होल्डिंग प्रालि, र हिमजल हाइड्रोपावर प्रालिसँग सम्झौता गरेको हो। सम्झौतामा तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनीका संचालक इमान सिंह गुरुङ, सुरमा सरोवर हाइड्रोपावर प्रालिका संचालक करणराज अवस्थी, बडीमालिका हाइड्रोका संचालक अभिषेक श्रेष्ठ, सुर्य होल्डिंगका संचालक मोहन विक्रम कार्की र हिमजल हाइड्रोपावरका अध्यक्ष अर्जुन कुमार सुनारले हस्ताक्ष गरेका हुन् ।

तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनीले तीला नदीमा ४४० मेगावाटको तीला १ हाइड्रोपार आयोजना,  सुरमा सरोवरले  सेती नदीमा ५४ मेगावटको महाकाली सेती पीआरओआर क्यासकेड आयोजना,  बडीमालिका हाइड्रोले सेती नदीमा ७२ मेगावाटको  मालुमेला सेती नदी पीआरओआर आयोजना, सुर्य होल्डिंगले मेवाखोलामा  ३१.९२ मेगावाटको अपर मेवाखोला ए आयोजना र हिमजल हाइड्रोपावरले  दरौदी नदीमा ९.४१३ मेगावाटको सुपर दरौदी आयोजना निर्माण गर्ने छ ।

यी आयोजनाले निर्माण गर्ने आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बनाएका प्रसारण लाइन र सबस्टेसनमा जोडिने छ। जसमा तीलाको बिजुली कर्णाली करिडोरको फुकोट सबस्टेसनमा, महाकाली सेती र मालुमेला सेतीको बिजुली वेस्ट सेती करिडोरको चैनपुर सबस्टेसनमा, अपर मेवाको बिजुली मेवा ढुंगेसाँघु प्रसारणलाइनको मेवा सबस्टेसनमा र सुपर दरौदीको बिजुली दरौदी करिडोरको केराबारी सबस्टेसनमा जोडिने छ ।

कार्यक्रममा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले प्रसारण लाइन निर्माणको लागि वित्तीय व्यवस्थापनमा समस्या भईरहेको बताए । प्रसारणलाइन निर्माणको लाग्ने खर्चको तुलनामा नेपाल सरकारबाट कम्पनीलाई प्रत हुने रकम एकदमै कम रहेकोले कम्पनीलाई पुँजीको समस्या रहेको बताए। उनले कम्पनीमा लगानी जुटाउनको लागि विभिन्न मोडलमा छलफल भई विभिन्न संस्थासँग सहकार्यको तयारी भइरहेको उल्लेख गरे। कम्पनीले निजी क्षेत्रसँग मिलेर लगानी जुटाउने काम गरिरहेको र निजी क्षेत्रले लगानीको लागि प्रतिफलको ग्यारेन्टी खोज्ने भएकोले व्हिलिंग चार्ज लगायतका विषय छिटो टुंगिनु पर्ने उल्लेख गरे। नेपालको समृद्धि नै जलविद्युत र उर्जा भएकोले अब बिजुली मार्ग बनाउनको लागि सबै लाग्नु पर्ने उनको भनाई थियो।

कम्पनीमा सागर श्रेष्ठ सिईओ नियुक्त भएर आएपछि एकै पटक यति धेरै आयोजनाको ग्रिड कनेक्सन सम्झौता भएको यो पहिलो पटक हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...
spot_img