Friday, June 5, 2026
spot_img

दोर्दी खोलाले लिलामीमा ल्याएको शेयर बाँडफाँड, सर्वसाधारण समूहको कटअफ मूल्य १०० !

spot_img
spot_img

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ २८ गते शेयर बाँडफांड गरेको हो ।

कम्पनीले जेठ ११ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारण समूहको गरि कुल १९ लाख ४६ हजार ६ सय ७६ कित्ता शेयर लिलाममा ल्याएको थियो।

जस मध्ये संस्थापक समुहको १२ लाख ८५ हजार ४१ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ६५ हजार ९ सय ५६ कित्ता शेयर रहेको छ। यी लकइनमा रहेको शेयर हो, जसको लक्इन अवधि २०८२ असार ७ गतेसम्म रहेको छ। लकइनमा नरहेको सर्वसाधारण समुहको ४ लाख ९५ हजार ६ सय ७९ कित्ता शेयर पनि लिलाममा आएको थियो।

क्यापिटलका अनुसार संस्थापक समूहको लकइनमा रहेको शेयरको कट अफ मूल्य २६५ रुपैयाँ र सर्वसाधारण समूहको लकइनमा रहेको शेयरको कटअफ मूल्य २७० रुपैयाँ कायम भएको छ। लकइनमा नरहेको सर्वसाधारण समूहको शेयरमा पुरै आवेदन नपरेकोले लगानीकर्ताले माग गरेकै मूल्यमा शेयर पाएका छन्, अर्थात् यदि केहि कोही लगानीकर्ताले १०० रुपैयाँ मै शेयर माग गरेको भए सोहि मूल्य मै शेयर पाएका छन् । यस समूहको ९३ हजार ६ सय २९ कित्ता शेयर अझै बिक्री नभएकोले पुन: लिलाममा ल्याईने कम्पनीले जनाएको छ।

बाँडफांडमा नपरेको रकम जेठ ३० गते शुक्रबारदेखि समबन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत् पठाइने कम्पनीले जनाएको छ।

कम्पनीले चैत्र १९ देखि  वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ८५ लाख ९५ हजार ९ सय २८ कित्ता शेयर बाँडफाँड गरिएको छ। बाँकि रहेको शेयर लिलाममा आएर बाँडफांड भएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img