Friday, August 7, 2026
spot_img

शिक्षामन्त्री सस्मितको बोल्ड निर्णय, अब प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स प्रतिबन्ध

spot_img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै तहका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्समाथि प्रतिबन्ध लगाएको छ । जस अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्स बन्द गर्नु पर्ने छ ।

मन्त्री सस्मित पोखरेलले मन्त्री स्तरीय निर्णय गर्दै विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले संचालन हुने प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नामका कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेका हुन्। यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्नु पर्ने छ। मन्त्रालयले सोही अनुसार गर्नु गराउन  सम्बन्धित सबैमा  निर्देशन पनि जारी गरेको छ ।

यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img