अष्ट्रेलियामा रहेको ‘क्लिक कन्सल्टिङ ग्रुप’ ले खोल्यो नेपालमा आफ्नो पहिलो शाखा

spot_img

अष्ट्रेलियामा दर्ता भई सञ्चालनमा रहेको शैक्षिक तथा माइग्रेशन परामर्श संस्था क्लिक कन्सल्टिङ ग्रुपले नेपालमा आपवm्नो औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार क्लिक कन्सल्टिङ ग्रुप अष्ट्रेलियाको सिड्नी र न्युक्यासल सहरमा विगतदेखि नै सञ्चालनमा रहेको अष्ट्रेलियन रजिस्टर्ड माइग्रेसन तथा एजुकेसन कन्सल्टेन्सी हो । हाल यसले नेपालमा राजधानी काठमाडौको पुतलीसडकमा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो । कार्यालयकाृ उद्घाटन मोडल करिश्मा श्रेष्ठ र व्यवसायी सञ्जोग कोइरालाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, व्यवसायी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

कम्पनीले नेपालबाट अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा इच्छुकहरूलाई लक्षित गर्दै भिसा, पीआर, स्किल असेस्मेन्ट, विश्वविद्यालय भर्ना लगायतका सेवा प्रदान गर्ने जनाएको छ ।

साथै, कम्पनीले विभिन्न परामर्श सेवा पनि दिने जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले क्लिक कन्सल्टिङ ग्रुपले पारदर्शी, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका विद्यार्थी तथा युवाहरूलाई सही सूचना र कानुनी प्रक्रियामार्फत अष्ट्रेलियामा अध्ययन तथा बसोबासको अवसर दिलाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । अष्ट्रेलियाको रजिटर्ड माइग्रेसन एजेन्ट तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल सिग्देलले शाखा उद्घाटनको अवसरमा कम्पनीले विशेष छुटको व्यवस्था गरेको समेत बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...

धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था

आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना...

सूर्यकुण्ड हाइड्रोको स्वतन्त्र सञ्चालकमा इन्जिनियर लोक राज जोशी निर्विरोध निर्वाचित

जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव...

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व...