Friday, May 1, 2026
spot_img
spot_img

ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान र नयाँ अभियान आरम्भ

spot_img
spot_img

ब्रिटिस काउन्सिल नेपालले अक्टोवर १५, २०२५ का दिन आइइएलटीएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) कार्यक्रम सम्पन्न गरेको छ ।

युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरुमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।

कार्यक्रमको आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएस सम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको र विविध क्षेत्रबाट आएका नेपालीलाई अन्र्तराष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको आयोजकको विश्वास छ ।

कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न विधा (क्याटोगरी) मा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरिएको थियो ।

ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ

ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियानको पनि आरम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।

आइइएलटीएस उपहार अभियान

यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा आइइएलटीएस उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ पनि भएको छ ।

उक्त सहकार्य अनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा आइइएलटीएस जाँच दिने विद्यार्थीहरुले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ ।

पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाइ टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेश, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् ।

बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी ४ वटा एकतर्फी हवाइ टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान ) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आइइएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ, साथै सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेश उपलब्ध हुनेछ ।

यस अभियानमा सहभागी हुनका लागि उम्मेदवारले १५ अगस्ट २०२५ देखि ३१ अक्टोवरसम्म आइइएलटीएसको लिखित परीक्षा वा कम्प्युटरबाट परीक्षा दिनका लागि बुकिङ गर्दै रकम बुझाएको हुनुपर्नेछ ।

अभियान शुभारम्भको क्रममा नेपालस्थित बेलायती राजदूत रोब फेनले भने, “बेलायतको विश्वस्तरिय शिक्षा प्रणालीले कुनै पनि व्यक्तिको जीवनमा रुपान्तरण गर्न सक्ने अवसर सृजना गरेको छ र यसअघिका बर्षहरुमा भन्दा बढी नेपाली विद्यार्थीले आफ्नो पढाइका लागि बेलायतलाई रोजिरहेको देख्न पाउनु उत्साहजनक क्षण हो । यो वृद्धिले विश्वव्यापी रुपमा नेपाली विद्यार्थीको योग्यतालाई मान्यता दिलाउन अथक प्रयास गरेका नेपालका हाम्रा शैक्षिक साझेदारहरुको समर्पण र व्यवसायिकतालाई प्रतिबिम्वित गरेको छ । शैक्षिक क्षेत्रलाई सबल तुल्याउन तथा नेपालको समृद्धिमा योगदान गर्न र आफ्नो व्यक्तिगत चाहना र लक्ष्य प्राप्तिका लागि नेपाली युवाहरुलाई आवश्यक सीप, ज्ञान र अनुभव सुनिश्चित गर्न हामी ब्रिटिस काउन्सिल र नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिवद्ध छौं ।”

कार्यक्रम आयोजनाप्रति आभार प्रकट गर्दै ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले सबै साझेदार र सरोकारवालाहरुलाई उनीहरुको उत्कृष्ट कार्यसम्पादन र ब्रिटिस काउन्सिललाई गरेको सहयोगलाई उत्सवको रुपमा मनाउन एकै ठाउँमा भेला गर्न पाउनु गौरवपूर्ण क्षण भएको बताइन् । उनीहरुको समर्पणले नेपाली युवाहरुलाई सशक्तिकरणमार्फत रुपान्तरणमुखी अवसरको ढोकाहरु खोलेको र आफूहरु मिलेर उनीहरुको उज्ज्वल भविष्य निर्माणमा केन्द्रित रहेको उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img