Tuesday, August 25, 2026
spot_img
spot_img

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यान्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन् । आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाइ छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै निवर्तमान अध्यक्ष मल्लले  नीजि क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे । यद्यपी निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत Cost Of Doing Business घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको मल्लको भनाइ छ ।

मल्लले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै एकद्वार केवाईसी  प्रणाली कार्यान्वयन गरी बैंकिङ प्रक्रियालाई थप सरल, छरितो र डिजिटल बनाउन आग्रह गरे । वित्तीय क्षेत्रले डिजिटल प्रविधिको प्रभावकारी कार्यन्वयन गर्न सके अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हट्ने मल्लको विश्वास छ ।

नेपाल निर्जिवन बीमा वयवसायी संघका निवर्तमान अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले मौद्रिक नीतिको वास्तविक सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य अपरिहार्य रहेको मल्लले बताए । नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिले अपेक्षित गति लिने उनको विश्वास छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...
spot_img