Saturday, August 8, 2026
spot_img

किङ्स कलेजले नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

spot_img

किङ्स कलेजले साउन १० र ११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ ।

“टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुनेछन् ।

दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी तथा सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउने लक्ष्य लिएको छ । सम्मेलनले शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद एवं छलफललाई प्रबद्र्धन गर्न सहकार्यको अवसर प्रदान गर्ने जनाइएको छ ।

“उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरुले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न, महत्वपूर्ण सञ्जालहरूको निर्माण गर्न, आर्थिक बृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रबद्र्धन गर्न, र विकासशील राष्ट्रका युवाहरुलाई उनीहरुले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पु¥याउँछ,” कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले बताए ।

किङ्स कलेजका अनुसार, सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्ने गरी विचार–विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रबर्तन प्रदर्शन, तथा सञ्जाल निर्माण जस्ता विधाहरू समावेश गरिनेछन् ।

यस कार्यक्रममा २०० भन्दा बढी सहभागीहरू हुनेछन्, जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थीहरू सम्मिलित हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img