२०८१ को एसईई परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज साँझ बसेको बोर्ड बैठकको निर्णय अनुसार आज नतिजा सार्वजनिक भएको हो।
२०८१ सालको परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । बोर्डका अनुसार १२६ जनाको परीक्षा रद्द भएको छ । कुल विद्यार्थी मध्ये ६१.८१ प्रतिशतले ग्रेड पाएका छन् । बाँकिले ग्रेड पाएका छैनन् अर्थात् नन ग्रेडेड भएका छन् । नन ग्रेडेड भएकालाई साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा हुने छ ।
कुन प्रदेशमा कति ग्रेडेड ?
कोशीमा ४७ हजार ८ सय ३५ जना
मधेशमा ५९ हजार ७ सय ४९ जना
बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना
गण्डकी ४७ हजार ८ सय ४९ जना
लुम्बिनी ५७ हजार ६ सय ८७ जना
कर्णाली ४६ हजार ४ सय ५५ जना
सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना
बोर्डका अनुसार विगतको तुलनामा नतिजामा भने केही सुधार देखिएको छ ।
नतिजाको डाटा अपलोड भएपछि विभिन्न २० तरिकाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा हेर्न सकिने छ । SMS, IVR तथा Website बाट नतिजा हेर्न सकिने छ । जस मध्ये एसएमएस र आईभिआर मार्फत ५ तरिकाबाट र अन्य १५ वटा वेबसाइट मार्फत नतिजा हेर्न सकिने छ।
नतिजा हेर्ने तरिका :










