Saturday, August 8, 2026
spot_img

काठमाडौँ नेसनल प्याब्सनद्वारा तीन जिल्लाका स्कुल लिडरहरूलाई तालिम प्रदान

spot_img

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य तथा स्कुल लिडरहरूका लागि नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिले आयोजना गरेको एकदिने तालिम सम्पन्न भएको छ।

नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको सहभागिता रहेको थियो।

तालिममा स्मार्ट बोर्डको उपयोग, डिजिटल माध्यममार्फत प्रभावकारी शिक्षण, संस्कारसहितको सिकाइ, सीपमैत्री मूल्यांकन र शिक्षण पद्धतिमा ध्यान केन्द्रित गरियो । प्रशिक्षकको रूपमा नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही, आईएनजी समूहका सीईओ सुलभ बुढाथोकी, स्मार्टरका संस्थापक सीईओ जित राघव र थ्री सी आर एडुकेटरका प्रमुख उत्तम दाहालले प्रशिक्षण प्रदान गरेका थिए।

तालिममा अध्यक्ष राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी थिइन् । तालिमको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर प्रमुख अतिथि रहेका थिए। उनले सहभागी सबै स्कुल लिडरहरूलाई प्रमाणपत्र वितरण गर्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, उनले प्रदेश सरकारले यस्तो सहकार्यका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए ।

नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष होमबहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न यस्तो गोष्ठी आवश्यक रहेको बताएका थिए। उनले यो कार्यक्रम एसोसिएसनको पूर्वनियोजित वार्षिक तालिकाअनुसार सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरू पाण्डव हमाल, ऋतुराज सापकोटा, शिक्षा नीति तथा प्रशिक्षण आयोग प्रमुख कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, जिल्ला र नगरस्तरीय पदाधिकारीहरू, तथा विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो। तालिम सञ्चालन नेसनल प्याब्सनका सह–सचिव प्रकाश अधिकारीले गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img