Saturday, August 8, 2026
spot_img

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

spot_img

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले यही शिक्षा प्रणाली अघि बढीरहे देश सामुदायिक विद्यालयहरु गाई वस्तुका खोरमा परिणत हुने चेतावनीसमेत दिए ।

न्यौपानेले नेपाली शिक्षा २०२८ सालदेखि गलत प्रणालीमा हिडिरहेको र त्यसैको परिणाम स्वरुप आजको अवस्थासम्म आइपुग्दा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको पनि बताए । सोही प्रणालीका कारण पनि देशमा दुई शिक्षा प्रणालीको आवस्था आएको बताउँदै न्यौपानले अब राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी रहेको बताए ।

‘राज्यमा सामुदायिक र निजी विद्यालयहरु फरकफरक किन ? सामुदायिकभन्दा निजीमा राम्रो कसरी कसैले सोचेको छ ? यसैले बेलैमा राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी छ’ उनले भने ।

निजी विद्यालयहरु महँगा भए भन्ने भाष्य गलत भएको पनि उनको दाबी छ । समुदायिक विद्यालयमा सरकारले वार्षिक २ खर्बका दरले एकजना विद्यार्थी बराबर ५० हजार खर्च गर्दा पनि उत्तीर्ण दर ५० प्रतिशत पनि नरहेको बताउँदै न्यौपानले निजीमा भने वार्षिक प्रति विद्यार्थी २०–२५ हजार खर्च गर्ने स्कूल पनि रहेको र उनीहरुले सतप्रतिशत रिजल्ट निकाल्ने बताए ।

यसकारण पनि निःशुल्क सार्वजनिक शिक्षालाई खारेज गरेर गर्नुपर्ने उनको सुझाव छ । सरकारले हाल एक जना विद्यार्थी बराबर गरिरहेको खर्च सिँर्ध विद्यार्थीलाई दिने र यसो गरिँदा प्रतिस्पर्धात्मक प्रणालीमार्फत सरकारी लगानी बालुवामा पानी हुनबाट जोगिने न्यौपानेको दाबी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img