Sunday, May 25, 2025
spot_img

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

spot_img
spot_img

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले यही शिक्षा प्रणाली अघि बढीरहे देश सामुदायिक विद्यालयहरु गाई वस्तुका खोरमा परिणत हुने चेतावनीसमेत दिए ।

न्यौपानेले नेपाली शिक्षा २०२८ सालदेखि गलत प्रणालीमा हिडिरहेको र त्यसैको परिणाम स्वरुप आजको अवस्थासम्म आइपुग्दा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको पनि बताए । सोही प्रणालीका कारण पनि देशमा दुई शिक्षा प्रणालीको आवस्था आएको बताउँदै न्यौपानले अब राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी रहेको बताए ।

‘राज्यमा सामुदायिक र निजी विद्यालयहरु फरकफरक किन ? सामुदायिकभन्दा निजीमा राम्रो कसरी कसैले सोचेको छ ? यसैले बेलैमा राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी छ’ उनले भने ।

निजी विद्यालयहरु महँगा भए भन्ने भाष्य गलत भएको पनि उनको दाबी छ । समुदायिक विद्यालयमा सरकारले वार्षिक २ खर्बका दरले एकजना विद्यार्थी बराबर ५० हजार खर्च गर्दा पनि उत्तीर्ण दर ५० प्रतिशत पनि नरहेको बताउँदै न्यौपानले निजीमा भने वार्षिक प्रति विद्यार्थी २०–२५ हजार खर्च गर्ने स्कूल पनि रहेको र उनीहरुले सतप्रतिशत रिजल्ट निकाल्ने बताए ।

यसकारण पनि निःशुल्क सार्वजनिक शिक्षालाई खारेज गरेर गर्नुपर्ने उनको सुझाव छ । सरकारले हाल एक जना विद्यार्थी बराबर गरिरहेको खर्च सिँर्ध विद्यार्थीलाई दिने र यसो गरिँदा प्रतिस्पर्धात्मक प्रणालीमार्फत सरकारी लगानी बालुवामा पानी हुनबाट जोगिने न्यौपानेको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img