वैशाख ११ गतेदेखि हुने तय भएको कक्षा १२ को परीक्षा नरोकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरुको आन्दोलन जारी रहेको र हिजो सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका व्यक्त भएका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताए। बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको उनले बताए।
बोर्डले द्विविधा नराखी परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध गरेको छ।