Saturday, August 29, 2026
spot_img
spot_img

हिमालय एयरलाइन्सले भदौ ४ देखि कुवेतमा उडान गर्ने

spot_img

नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने भएको छ । हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ उडान गर्न लागेको हो ।

काठमाडौँ–कुवेत–काठमाडौँ रुटको उडान पुनः सुरु भएपछि दुई राष्ट्रका नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्न मद्दत पुग्ने विश्वास हिमालय एयरलाइन्सले लिएको छ ।

सुरुवाती चरणमा यस रुटमा हप्ताको एउटा उडान गरिने कम्पनीले जनाएको छ । कुवेतका लागि जनरल सेल्स एजेन्ट (जीएसए)मा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरिएको हिमालय एयरले जनाएको छ ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा उडान गर्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...