Friday, July 10, 2026
spot_img

पोखरा एयरपोर्ट बनाउँदा ८५ लाख डलर ‘घोटाला’ भएको तथ्य सार्वजनिक, डीजी अधिकारी संकटमा

spot_img

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलर अनियमितता भएको तथ्य बाहिर आएको छ । प्रतिनिधिसभाको लेखा समितिले पोखरा विमानस्थलको अनियमितता अध्ययन गर्न गठन गरेको उपसमितिमा एक जना परामर्शदाताले पोखरा एयरपोर्ट बनाउने क्रममा ८५ लाख डलर बजेट ‘बिना काम’का लागि छुट्याएर खर्च गरिएको खुलासा गरिदिएका हुन् ।

परामर्शदाता मुरारी गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलर ‘बिना काम’का लागि छुट्याएको थाहा पाएपछि आफूहरुले ६ महिनामै काम छाडेको बताएका छन् । क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित अन्य कर्मचारीसमेत सहभागी उपसमितिको बैठकमा परामर्शदाता गौतमले भने, ‘प्राधिकरणले ८५ लाख डलरको काम घटी राखेको र पैसा मात्र राखेको थाहा पाएपछि हामीले ६ महिनामा काम छोड्यौँ ।’

गौतमका अनुसार कम काममा बढी बजेट राखेको थाहा पाएपछि उनीहरु बाहिरिएका थिए । उनले विनियोजित बजेट बराबरको नभई कम काम गराइएको थाहा पाएसँगै प्राधिकरण नेतृत्वले मिलेमतो गरेको शंका लागेर ६ महिनामा काम छोड्नुपरेको बताएका छन् ।

गौतमले ८५ लाख डलर बराबरको काम नै नभई भूक्तानी भएको खुलासा गरिदिएपछि पोखरा विमानस्थल निर्माणका आयोजना प्रमुख भएर काम गरेका प्राधिकरणका इन्जिनियर विनेश मुनाकर्मी गौतमसँग एकाएक चिढिए । उनले गौतमले ढाँटेको भन्दै आफ्नो बचाउ गरे ।

क्यानका महानिर्देशक अधिकारीले भने यसबारे गोलमटोल जवाफ दिएका छन् । जवाफ दिने क्रममा उनले पछि थप काम लगाएर हिसाब मिलान गरिएको दाबी गरेका छन् ।

‘पहिले घटी भएको काम पछि सोही रकम बराबर अर्को काम लगाएर पैसा थप गरिएको हो’ उनले बुझ्दै नबुझ्ने गरि भने ।

यसैबीच, पोखरा विमानस्थलको लागतका सम्बन्धमा पनि डीजी अधिकारीले अन्य परियोजनाको तुलनामा सो परियोजनामा कन्सल्टेन्सीलाई बढी भूक्तानी दिनुपर्दा लागत बढेको बताएका छन् । अन्य आयोजनामा कन्सल्टेन्सीले १५ प्रतिशत भुक्तानी पाउनेमा पोखरा एयरपोर्ट बनाउँदा २५ प्रतिशत रकम दिनुपरेकोले लागत बढेको उनको दाबी छ ।

सँगै, पोखरा विमानस्थल निर्माणमा दिएको भ्याट छुट, धानवमार्ग घसाएर ४० मिटरको डाँडा कटान गरेको, ३२ मिटरको खानेपानी ट्याङ्की भत्काउनुपरेका्, धावनमार्गका हाल्नुपर्ने २ लाख घनमिटर माटो नहालेको लगायतका विषयमा छानबिन उपसमितिले क्यानसँग जवाफ मागेको हो । तर, क्यानका हाकिम अधिकारी र अन्य कर्मचारीले कुनै सिँधा जवाफ नदिई गोलमटोल जवाफ दिएका छन् ।

एकातिर दुइ हप्ताभित्रै २ ठूला हवाई दुर्घटना भएपछि चौतर्फी आलोचित बनिरहेका महानिर्देशक अधिकारीको राजीनामा माग भइरहेको छ भने अर्कातिर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलर अनियमितता भएको तथ्य सार्वजनिक भएपछि उनी गम्भीर संकटमा परेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img