Thursday, November 13, 2025
spot_img

विमान दुर्घटनाबारे क्यानका महानिर्देशकको जवाफः मैले बोल्न मिल्दैन

spot_img

बुधबार बिहान भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारे संसदीय समितिले उठाएको प्रश्नमा नियामक निकाय नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकार ‘बोल्न नमिल्ने’ भन्दै पन्छिएका छन् । ‘सी चेक’का लागि उडेको जहाजमा असम्बन्धित व्यक्तिहरु सवार भएको विषयमा संसदीय समितिमा सांसदहरुले उठाएको प्रश्नमा महानिर्देशक अधिकारीले बोल्न नमिल्ने जवाफ फर्काएका हुन् ।

बिहीबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा समितिका सभापति राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चासमेत परेको भन्दै महानिर्देशक अधिकारीलाई ‘सी चेक’का लागि उडेको जहाजले असम्बन्धित व्यक्तिहरु किन बोक्यो भन्दै प्रश्न गरेका थिए ।

तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भने बोल्न नमिल्ने भन्दै पन्छिए ।

‘घटना घटिसकेको छ, सरकारले यसबारे छानबिन आयोग गठन गरिसकेको छ, अहिले हामी सबै अनुसन्धानको दायरामा छौँ,’ उनले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’

बुधबार काठमाडौँबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img