Sunday, July 12, 2026
spot_img

विमान दुर्घटनाबारे क्यानका महानिर्देशकको जवाफः मैले बोल्न मिल्दैन

spot_img

बुधबार बिहान भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारे संसदीय समितिले उठाएको प्रश्नमा नियामक निकाय नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकार ‘बोल्न नमिल्ने’ भन्दै पन्छिएका छन् । ‘सी चेक’का लागि उडेको जहाजमा असम्बन्धित व्यक्तिहरु सवार भएको विषयमा संसदीय समितिमा सांसदहरुले उठाएको प्रश्नमा महानिर्देशक अधिकारीले बोल्न नमिल्ने जवाफ फर्काएका हुन् ।

बिहीबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा समितिका सभापति राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चासमेत परेको भन्दै महानिर्देशक अधिकारीलाई ‘सी चेक’का लागि उडेको जहाजले असम्बन्धित व्यक्तिहरु किन बोक्यो भन्दै प्रश्न गरेका थिए ।

तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भने बोल्न नमिल्ने भन्दै पन्छिए ।

‘घटना घटिसकेको छ, सरकारले यसबारे छानबिन आयोग गठन गरिसकेको छ, अहिले हामी सबै अनुसन्धानको दायरामा छौँ,’ उनले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’

बुधबार काठमाडौँबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img