Sunday, November 9, 2025
spot_img

युवराज अधिकारीले नेपाल एयरलाइन्समा भर्ती गरेका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा मनलाग्दी र कुनै प्रक्रिया बिना भर्ती गरिएका करारका कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी छन् । नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समिति र व्यवस्थापनका उच्च पदस्थ अधिकारीहरूलाई सिंहदरबार बोलाएर पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारी हटाउन निर्देशन दिएकी हुन् ।

‘नातावाद, कृपावाद, विभेद अन्त्यका लागि यता यत्रो आन्दोलन भइरहेको बेलामा पनि भटाभट आफ्ना मान्छे भर्ती गरेको छ, अवकाश भएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो बेथिति तुरुन्त रोक्नुहोस् ।’ यसअघि निगमको कार्यकारी अध्यक्षबाट अवकाश भएका युवराज अधिकारीले जाँदाजाँदै ४५ जना कर्मचारीलाई विना प्रक्रिया भर्ती गरेका थिए । उनले आफ्नो कार्यकालमा २ सयभन्दा बढी कार्यकर्तालाई निगमको करार कर्मचारीका रुपमा भर्ती गरेका थिए ।

उक्त भेटघाटमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्कीले निगमको जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याएको र भाडाको इन्जिन पनि पैसा नतिरी चलाएर ठूलो खर्च अहिले दाबी परेको विषयमा पनि चासो राखेकी थिइन् ।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img