Tuesday, August 18, 2026
spot_img

युवराज अधिकारीले नेपाल एयरलाइन्समा भर्ती गरेका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा मनलाग्दी र कुनै प्रक्रिया बिना भर्ती गरिएका करारका कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी छन् । नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समिति र व्यवस्थापनका उच्च पदस्थ अधिकारीहरूलाई सिंहदरबार बोलाएर पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारी हटाउन निर्देशन दिएकी हुन् ।

‘नातावाद, कृपावाद, विभेद अन्त्यका लागि यता यत्रो आन्दोलन भइरहेको बेलामा पनि भटाभट आफ्ना मान्छे भर्ती गरेको छ, अवकाश भएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो बेथिति तुरुन्त रोक्नुहोस् ।’ यसअघि निगमको कार्यकारी अध्यक्षबाट अवकाश भएका युवराज अधिकारीले जाँदाजाँदै ४५ जना कर्मचारीलाई विना प्रक्रिया भर्ती गरेका थिए । उनले आफ्नो कार्यकालमा २ सयभन्दा बढी कार्यकर्तालाई निगमको करार कर्मचारीका रुपमा भर्ती गरेका थिए ।

उक्त भेटघाटमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्कीले निगमको जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याएको र भाडाको इन्जिन पनि पैसा नतिरी चलाएर ठूलो खर्च अहिले दाबी परेको विषयमा पनि चासो राखेकी थिइन् ।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img