Thursday, November 13, 2025
spot_img

नलिञ्चोक हेलिपोर्ट विवादः पाइलटका माग सम्बोधन गर्न क्यानले बनायो समिति

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नलिञ्चोकको हेलिपोर्टका विषयमा हेलिकप्टर पाइलटहरुले उठाएका विषय समाधान गर्ने गरि अध्ययन समिति बनाएको छ । १५ सदस्यीय समितिले ७ दिनभित्र अध्ययन सकेर समाधानका उपायसहित महानिर्देशक समक्ष प्रतिवेदन बुझाउनुपर्नेछ ।

नलिञ्चोक हेलिपोर्टबाट उडान तथा अवतरण गर्दा सुरक्षा चुनौति रहेको भन्दै पाइलटहरुले असार १६ गते क्यानमा लिखित पत्र दिएका थिए । पाइलटहरुले दिएको लिखित पत्रका सम्बन्धमा क्यानले कुनै सुनुवाई नगरेपछि पाइलटहरुले बुधबार निर्णय गर्दै उडान नगर्ने गरि हेलिकप्टर ग्राउण्डेड गरेका छन् । आज बिहिबारबाट नलिञ्चोकमा हेलिपोर्टमा हेलिकप्टरहरु ग्राउण्डेड भएका छन् ।

यस लगैत्त प्राधिकरणले अध्ययन समिति गठन गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलटहरुले उठान गरेका विषयबारे समितिले अध्ययन गरेर महानिर्देशक प्रदीप अधिकारीसमक्ष सिफारिस गर्नेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img