नेपालमा विद्युतीय गाडी बिवाइडीको लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले हालैको बाढी पहिरो पीडितको लागि सरकारमार्फत ५१ लाख रुपैयाँ सहयोग गरेको छ । साइमेक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको हो ।
कम्पनीका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक विपत्तिको सामना गर्न सरकारसँगै आफूहरु पनि साथमै छौँ भन्ने सन्देश दिन सहयोग गरिएको कम्पनीकी प्रबन्ध निर्देशक श्रेष्ठले बताएकी छिन् । उनले आफूहरुले गरेको सहयोगले बाढी तथा डुबान प्रभावितलाइै गास, बास र कपासमा सहयोग पुग्ने विश्वास लिइएको बताएकी छिन् ।