‘नाडा अटो शो २०२४’ सुरु भएको दिन मंगलबारबाट बिक्री सुरु भएको टाटा पन्च ईभीले नेपालमा ‘बम्पर ओपनिङ’ गरेको छ । टाटा पन्च ईभी बिक्री सुरु भएको दिनमै नेपालभरी एक सय भन्दा बढी बुकिङ्ग भएको टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।
टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले यो मूल्य नाडा अटो शो अवधिभरकिा लागि मात्रै तोकेको हो । नाडा अटो शो सकिएपछि मूल्य केही बढ्ने कम्पनीले जनाएको छ ।
सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुविधा उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त सिजापति भन्छन्, ‘टाटा पन्च ईभीबारे यो गाडी नआउँदै नेपालमा यसबारे निकै उत्साह थियो, त्यो उत्साह बुकिङ्गमा पनि देखिएको छ ।’
पन्च ईभीको बुकिङ्गले सकारात्मक सुरुवात गराएको र यो गाडीले नेपाली बजारमा मजबुत उपस्थिति जनाउनेमा कम्पनी विश्वस्त छ ।
साथै, कम्पनीले अटो शोमा टियागो ईभीको हरेक बुकिङ्गमा ग्राहकहरूलाई थाइल्यान्ड यात्राको कुपन पनि अफरका रुपमा ल्याएको छ । यसका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज पनि प्राप्त गर्नेछन् ।