Monday, July 13, 2026
spot_img

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

spot_img

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । यो एसयूपीले भविष्य केन्द्रित उच्चतम् प्रविधि र आधुनिक डिजाइनलाई समेटेको छ ।

यो इलेक्ट्रिक एसयूभीमा ५०.६ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री, ९९ किलोवाट मोटर छ । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

सुरक्षातर्फ यसले ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । यसमा ७ एयरब्याग, १९ भन्दा बढी एडास सुरक्षा तथा कम्फर्ट फिचर, ५४० डिग्री क्यामेरा, १९१ एमएम ग्राउण्ड क्लियरेन्स तथा १८ इन्चको अलोय ह्विल उपलब्ध छन् ।

गाडीमा ६ प्रकारका मसाज अप्सनसहितका पाइलट सिट, चालक तथा चालक सँगैको दुवै सिटमा हीटिङ र भेन्टिलेसन सुविधा दिइएको छ । साथै १५.६ इन्चको टचस्क्रिन, ५० वाट वायरलेस चार्जर, ८ वटा सोनी स्पिकर, ७० लिटर क्षमताको फ्रङ्क तथा ३.३ किलोवाट क्षमताको भेहिकल टु लोड सुविधा पनि समावेश गरिएको छ ।

विभिन्न ८ कलर अप्सनमा उपलब्ध रहेको ओमोडा ई–५ प्रो मा कम्पनीले ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ओमोडा ई–५ प्रोको प्रारम्भिक मूल्य मोनो टोन भेरियन्टको ४९ लाख ९९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा हालसम्म ओमोडाका १ हजार ५ सय भन्दा बढी उपभोक्ता रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img