Wednesday, July 9, 2025

बीवाईडीका दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा

spot_img
spot_img

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । साइमेक्सले गौरीघाट । कुपण्डोलमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

गौरीघाटमा सुविधा थपेर सर्भिस सेन्टर

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीले आफ्नो पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याएको छ ।

४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेका छन् । स्पेयर पार्ट्स वेयर हाउससमेत रहेको कम्पनीले जनाएको छ ।

डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न सक्षम ५० कर्मचारी छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक सविन तन्डुकारले गरे ।

कुपण्डोलमा नयाँ सर्भिस सेन्टर

ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।

सो सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ ।

इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img