NAIMA Expo 2025 मा सार्वजनिक गरिएको एथर रिज्ता S लाई वैद्य इनर्जी प्रा.लि.ले व्यवसायिक रुपमै नेपाल ल्याएको छ । यस मोडेलमार्फत प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
नेपाली परिवारहरूको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्ता एस लाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको र जसले स्मार्ट र दिगो यातायाततर्फ नेपाललाई अघि बढाउन मद्दत गर्ने बताइएको छ ।
९९९ मा बुकिङ खुला
देशभरका ग्राहकहरूले ९९९ रुपैयाँको प्रारम्भिक रकममा रिज्ता S बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्ता योग्य हुनेछ ।
प्रारम्भिक ग्राहकहरूले विशेष परिचयात्मक मूल्य लाभ लिन सक्ने र जसले रिज्ता एसलाई बजारकै उत्कृष्ट मूल्य–प्रदर्शन भएको ईभी बनाउने बताइएको छ ।
यसका विशेषतामा अधिकतम १२३ किमी रेन्ज दिने, फास्ट चार्जिङ सुविधा (१० मिनेटमै १५ किमी सम्मको दूरी थप्न सकिने), ३४ लिटरको विशाल अन्डरसीट स्टोरेज, सबै उमेर समूहका लागि सहज यात्रा, ८० किमी÷घण्टा अधिकतम गति रहेको छ ।
यसका साथै, रिभर्स मोड, AutoHold र ParkAssist जस्ता सुविधाहरूले व्यस्त सहरमा समेत सहज र तनावमुक्त सवारी अनुभव प्रदान गर्ने देखिएको छ । कम्पनीले यसमा ५ वर्ष सम्मको विस्तारित ब्याट्री वारेन्टी दिएको छ ।
नेपालमा यसअघि वैद्य इनर्जीले रिज्ता Z ल्याइसकेको छ ।












