माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले असार ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २८ लाख ६२ हजार ९ सय ९ जनाले आवेदन दिएका थिए । जस मध्ये २८ लाख १५ हजार ६ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ४२ हजार ७ सय ६० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।









