spot_img

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

spot_img

विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । शुक्रबार ‘डिलर मिट’मार्फत् टायरको ‘लन्च’ गरिएको थियो ।
योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूणर् बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती समबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।
अटो पाट्र्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।
१०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सँधै उत्कृष्टता दिने गरेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...