Monday, April 20, 2026
spot_img
spot_img

चिनियाँ ईभीमा सरकारी अनुदान बन्द हुँदा नेपालमा पर्न सक्ने असर

spot_img
spot_img

चीनमा अहिले विद्युतीय सवारी उत्पादक कम्पनीहरु ११२ वटा जति पुगिसकेका छन् । यी कम्पनीले विभिन्न ब्राण्डमा विद्युतीय गाडी उत्पादन गरेर संसारभरी निर्यात पनि गरिरहेका छन् । चीनमा यसरी ईभी उत्पादन कम्पनीहरु बढ्नुमा चिनियाँ सरकारको अनुदान नीतिले प्रभाव पारेको देखिन्छ ।

चीनले सन् २०१८ देखि २ वटा मोडलमा न्यू इनर्जी भेहिकल उत्पादकहरुलाई अनुदान दिँदै आएको छ । पहिलोः उत्पादन युनिटका हिसाबमा । दोस्रोः बिक्री युनिटका हिसाबमा । संसारभरी नै गाडी बनाउँदा एउटा गाडीको उत्पादन लागत १८ देखि १९ हजार डलर जति लाग्छ । अब चीनमा चाहिँ एक युनिट गाडी उत्पादन गर्दा सरकारले २ हजार डलर अनुदान दिँदा उसको लागत १६ हजार डलर मात्रै पर्न गयो । अब त्यो गाडी बेच्दा फेरि अर्को २ हजार डलर अनुदान पाउने भएपछि अन्नतः चिनियाँ ईभी उत्पादकहरुको लागत प्रति गाडीमा जम्मा १४ हजार डलर मात्रै पर्न गयो । यसले उनीहरुलाई संसारभर उपस्थिति जनाउन मद्दत पनि पुग्यो । किनकी, सरकारबाट अनुदान पाएपछि मूल्यका हिसाबमा चिनियाँ ईभीहरु अन्य देशको तुलनमा सस्तो पर्न थाले ।

अनुदान रोक्दै चीन सरकार

सन् २०१८ बाट चीन सरकारले न्यू इनर्जी भेहिकल कम्पनीलाई अनुदान दिन सुरु गरेको भएपनि अब भने उसलाई अनुदान रोक्नुपर्ने बाध्यता आइपरेको छ । अनुदानलाई निरन्तरता दिँदा कम्पनीहरु थपिने क्रम पनि बढ्ने भएकाले ८ वर्षमा अब ईभी उद्योग ‘म्याचुरिटी’मा पुग्यो भन्ने महशुस चीन सरकारले गरेको देखिन्छ । यसकारण अब चीन सरकारले सन् २०२६ बाट अनुदान क्लोज गर्दैछ ।

संसारभरको उदाहरण हेर्ने हो भने जुनसुकै देशले पनि १०/१५ वटा भन्दा बढी अटोमोबाइल्स कम्पनीहरु राखेको देखिँदैन । बढी भए मर्ज गर्ने वा अन्य कुनै अप्सनबाट सस्टेन हुन सक्ने जतिलाई मात्रै रन गराउने गरेको देखिन्छ । चीनले पनि अब ११२ वटा भन्दा धेरै कम्पनीहरु भएपछि अर्गानिक वेमा डाउन गराउन खोजेको छ । चीन सरकारले अहिले भइरहेका ११२ भन्दा बढी न्यू इनर्जी भेहिकल कम्पनीहरुलाई सन् २०३० सम्ममा बढीमा १५ वटामा झार्ने भनेको छ । यसमा आधारमा अब चीनमा धेरै कम्पनीहरु मर्ज हुने वा बन्द हुने सम्ममा जान सक्छन् । अथवा, चार पाँच वटा कम्पनीबीच कोलाब्रेशन गर्ने मोडलमा जान सक्छन् ।

नेपालमा कस्तो असर पर्छ ?

चीन हरेक उत्पादनको कच्चा पदार्थ निर्यातमा सबैभन्दा अगाडि रहेको देश हो । संसारका विभिन्न देशले आफ्‌नो देशमा चाहिने तयारी सामान मात्रै नभई कच्चा पदार्थ पनि चीनबाट लैजान्छन् । चीनले कच्चा पदार्थ मात्रै नभई विश्वभर सहज रुपमा उपस्थिति जनाउन सकिने उत्पादनबारे अध्ययन गरेर विद्युतीय गाडीमा हात हालेको थियो । यसमा उ सफल पनि भयो ।

कम्पनी धेरै छन्, धेरै थरी उत्पादन छन्, ति उत्पादनहरु विभिन्न देशमा पुगेका छन् । यसबाट क्वालिटीमा प्रश्न उठ्छ कि भन्नेमा चीन सचेत हुँदै गएको पाइन्छ । यसकारण अब क्वालिटी प्रोडक्ट दिने र त्यसका लागि कम्पनी पनि थोरैमा झार्ने उसको रणनीति छ ।

यसको असर अब नेपाल र अफ्रिकाका देशहरुमा पर्न जान्छ । स्वभाविक रुपमा जहाँको प्रतिव्यक्ति आय कम छ, ति देशमै सस्तो समान आयात हुने हो । अब विगतमा जस्तो सस्तो प्रोडक्ट नपाइन सक्छ । अर्थात्, मूल्य बढ्ने ट्रेण्डमा जान सक्छ ।

नेपालमा अहिले चार पाङ्ग्रे ईभीका डिस्टिब्यूटर्स मात्रै ५०/६० वटा पुगिसकेका छन् । जबकी, नेपालको चार पाङ्ग्रे सवारीको बजार जम्मा वार्षिक १२ हजार युनिट जति मात्रै छ । यसमा पूराना र विश्वासिला ५/६ वटा ब्राण्डले वार्षिक एक/एक हजार युनिटको सेल गर्छन् । उनीहरुको सर्भिस नेटवर्क पनि छ, विश्वास पनि छ, डिलर्स नेटवर्क पनि भइहाल्यो । बाँकी रह्यो जम्मा ६ हजार । अब त्यो ६ हजार युनिटमा धेरै ब्राण्डबीच प्रतिस्पर्धा छ ।

यसकारण सानो बजारमा धेरै ब्राण्ड वा कम्पनीबीच प्रतिस्पर्धा हुन्छ भने स्वभाविक रुपमा त्यहाँ सबैलाई सस्टेन हुन गाह्रो छ । सस्टेन हुन नसक्नु भनेको उसले सर्भिस नेटवर्क विस्तार गर्न सक्दैन, डिलर्सलाई मार्जिन दिन सक्दैन । यसर्थ, अब चीन सरकारले न्यू इनर्जी भेहिकल कम्पनीलाई अनुदान दिन छोड्दा अहिले आएका धेरै ब्राण्डहरु नेपाली बजारबाट विस्थापित हुने खतरा पनि रहन्छ । यसको सोझो असर उपभोक्तालाई नै पर्ने हो । गाडी किनेको वर्ष दिनमै स्पेयर पार्टस् नपाउने अवस्था रह्यो भने गाडी किनेको अर्थ नै भएन । यसकारण उपभोक्ताहरु पनि सचेत हुनु जरुरी छ । उत्पादक देशमा कुन ब्राण्ड बलियो छ, कुन कम्पनी सरकारी अनुदान नआउँदा पनि चल्न सक्छ, अन्तर्राष्ट्रिय बजारमा कुन ब्राण्ड र कम्पनीको छवी राम्रो छ भनेर हेर्नुपर्छ । साथै, आफ्‌नो देशमा (नेपाल)मा कुन कम्पनी वा कुन ग्रुपले कुन गाडी ल्याइरहेको छ भनेर पनि हेर्नुपर्छ ।

एसेम्बललाई प्रोत्साहन आवश्यक

सरकारले ईभीलाई प्रोत्साहन गर्दा मापदण्ड बनाएर गरेको भए निकै राम्रो र व्यवस्थित हुन्थ्यो । अहिले त ‘हामी तेल (डिजेल पेट्रोल) बचाउने हो, ईभी जसले जसरी ल्याएर बेचे पनि हुन्छ, तेलको खपत घटाउने बाहेक अरु हामीलाई मतलब छैन’ भन्ने जसरी अव्यवस्थित बनाइएको छ । जसका कारण मनलाग्दी प्रोडक्टहरु आएका छन्, तिनको मापदण्ड छैन । अर्कातिर, सरकारले कर सहुलियत पनि दिएको छ ।

यसकारण हामीले एसेम्बल प्लान्टलाई पनि प्रोत्साहन गर्नु आवश्यक छ । अहिले नेपाली बजारमा ६० वटा ब्राण्ड छन्, यीनले यहीँ प्लान्ट लगाउने हो भने फ्याक्ट्रीमा मात्रै १५ हजारले रोजगारी पाउँछन् । नेपाल र अफ्रिकी केही देश मात्रै यस्ता छन्, जहाँ एसेम्बल प्लान्टलाई कुनै महत्व नै दिइँदैन । जबकी, एसेम्बल भनेको औद्योगिकरणको प्रस्थान विन्दु हो ।

तेलको खपत घटाउन भनेर सरकारले जुन नीति लिएको छ, यो भनेको ‘कमाई छैन, एक छाक मात्रै खाना खाउँ’ भनेजस्तो हो । आम्दानी पनि बढाउने, दुइ छाक नै खाना खाने सोच राख्नुपर्छ । ‘कमाई छैन, खर्च घटाउँ’ भन्ने खालको सोच भयानक कमजोरी हो । यस्तो सोचले हामीलाई उन्नति गर्न दिँदैन । कमाई बढाउने सोच पनि लिनुपर्‍यो । यसका लागि उत्तम विकल्प भनेको अटोमोबाइल्समा एसेम्बललाई प्रोत्साहन गर्नु नै हो । हामीले यहीँ दीर्घकालिन सोच राखेर हुण्डाईका गाडी एसेम्बल गर्न सुरु गरेका हौँ ।

अहिले सरकारले संसारलाई नेपालमा बिजुली सस्तो छ, नेपालमा जनशक्ति सस्तो छ, यसबाट उत्पादन लागत कम पर्छ भनेर लगानी ल्याउनुपर्ने बेला हो । यसो गर्न सकिए भोली नेपालमा बनेका गाडीहरु निर्यात पनि हुन सक्छन् ।

अर्कोतर्फ, अटोमोबाइल्सले टुरिजम पनि बढाउँछ । ट्रान्सपोर्टेशन भनेको जहिल्यै पनि सम्भावनाको पहिलो शर्त हो । अटोमोबाइल्स रिलेटेड साहसिक खेलहरु पनि आइरहेका छन्, नेपालका विभिन्न गन्तव्यमा तिनलाई खेलाउन सकिन्छ । यसतर्फ ध्यान दिनु आवश्यक छ ।

spot_img
spot_img

1 COMMENT

  1. बिजय श्रेष्ठ निबर्तमान अध्यक्ष सुनसरी उधोग बाणिज्य संघ बिजय श्रेष्ठ निबर्तमान अध्यक्ष सुनसरी उधोग बाणिज्य संघ

    सरकारले दीर्घकालीन सोच डेभलपमेन्ट गर्नु पर्यो नि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजार ४ सय ७५ जनाले पाए शेयर

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img