Monday, July 6, 2026
spot_img

नेपाली अर्थतन्त्रको दीगो विकल्प बन्न सक्छ ‘सवारी एसेम्बल उद्योग’

spot_img

उत्पादनको पहिलो खुड्किलो भनेको ‘एसेम्बल’ हो । एसेम्बलबाट नै उत्पादनको यात्रा आरम्भ हुने गर्दछ । आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाउनका लागि एसेम्बललाई सरकारले प्राथमिकतामा राख्नु आवश्यक छ ।

मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता सवारी साधन एसेम्बल उद्योगमा पनि रहेको छ । जसले देशलाई आयातमा निर्भर अवस्थाबाट आत्मनिर्भर औद्योगिक दिशातर्फ लैजान सक्छ । नेपालमा दशकौँदेखि सवारी साधनहरू तेस्रो मुलुकबाट पूर्ण रूपमा बनेको अवस्थामा आयात हुँदै आएको छ, जसले विदेशी मुद्राको ठूलो हिस्सा बाहिर पठाइरहेको छ । यति मात्रै नभई, स्थानीय सीप तथा रोजगारी विकासको अवसरलाई पनि सीमित बनाइरहेको छ । तर यदि एसेम्बलतर्फ मोडिने हो भने यो दीर्घकालीन रूपमा नै अर्थतन्त्रको भरपर्दो र दीगो विकल्प बन्न सक्छ ।

अहिले केही दुइ पाङ्ग्रे र एउटा पाङ्ग्रे ब्राण्डको एसेम्बल नेपालमा सुरु पनि भएको छ । यसबाट रोजगारी सिर्जनामा उल्लेख्य योगदान पुगिरहेको छ । अहिले सञ्चालनमा रहेका एसेम्बल उद्योगलाई प्रोत्साहन हुने खालका नीतिहरु सरकारले अख्तियारी गर्ने हो भने भविष्यमा यस्ता प्लान्टहरु थपिनेमा कुनै शंका छैन । साथै, भविष्यमा विद्युतीय सवारीको समेत नेपालमै एसेम्बल गर्न पनि कम्पनीहरु इच्छुक देखिन सक्छन् ।

पूर्ण रूपमा बनेका गाडी आयात गर्दा त्यसको फाइदा स्वभाविक रुपमा उत्पादक मुलुकहरुले मात्रै लिइरहेका हुन्छन् । अर्थात्, रोजगारी, प्रविधि, ज्ञान र औद्योगिक सीप विकास सबै विदेशी मुलुकमै सीमित रहन्छन् । तर नेपालमै सवारी साधन एसेम्बल हुँदा त्यसको हरेक चरण पार्टस् ह्यान्डलिङदेखि एसेम्बल लाइन सञ्चालन, परीक्षण लगायतमा विज्ञता हासिल गर्न मद्दत पुग्छ । फलस्वरुप, रोजगारी सिर्जना, सीप हस्तान्तरण र स्थानीय क्षमताको विकासमा योगदान पुग्छ । यसले विश्वविद्यालयबाट निस्किएको इन्जिनियरिङ जनशक्ति मात्रै होइन, प्रविधि प्रशिक्षण लिएका डिप्लोमा धारक युवाहरूलाई पनि प्रत्यक्ष रुपमा अवसर दिन सक्छ ।

दक्षिणपूर्वी एशिया र अफ्रिकी मुलुकहरूले पहिले नै देखाइसकेका छन् कि सवारी साधन एसेम्बल उद्योग राष्ट्रिय औद्योगिकीकरणको आधार बन्न सक्छ। यसले रोजगारी सिर्जना गर्छ, वैदेशिक लगानी आकर्षित गर्छ, कम्पोनेन्ट निर्माण उद्योगहरूलाई उत्प्रेरित गर्छ र दीर्घकालीन प्राविधिक दक्षता विकास गर्छ । नेपालमा पनि एक आयातमा निर्भर बजारबाट आत्मनिर्भर र नवप्रवर्तनमा आधारित मोटर उद्योगको केन्द्र बन्ने अवसर छ ।

तर दुर्भाग्यवश, यस उद्योगले अझै पनि सरकारबाट नीतिगत सहजता एवम् स्थिरता र औद्योगिक प्रोत्साहन पर्याप्त रूपमा पाएको छैन । अर्थात्, उद्योगकै रुपमा दर्ता भएर त्यस अनुसारको काम गरिरहेका एसेम्बल उद्योगहरुले उद्योग सरहको सुविधा पाउन सकिरहेका छैनन् ।

यदि सरकारले कर संरचना, पूर्वाधार र दीर्घकालीन लगानी प्रोत्साहनको माध्यमबाट सही दृष्टि देखायो वा सही नीति अंगिकार गर्ने हो भने नेपालले करोडौं डलर बराबरको विदेशी मुद्रा बचत गर्न सक्छ । दक्ष जनशक्ति विकास गर्न सक्छ र निकट भविष्यमा नै यहाँ एसेम्बल गरिएका गाडी निर्यात गर्न सक्ने सामथ्र्य राख्छ । यो केवल गाडी वा मोटरसाइकल एसेम्बलको कुरा होइन, यो सम्भावना, आशा र आत्मविश्वास एसेम्बल गर्ने कुरा पनि हो ।

विश्वले नै अटोमोबाइल्स उद्योगको मूल्य र शक्ति पहिल्याइसकेको छ । जति पनि आर्थिक रुपमा सबल बनेका मुलुक छन्, तिनले औद्योगिक विकासको सुरुवात एसेम्बलबाटै गरेका थिए । त्यसकारण अब नेपालले पनि यस उद्योगलाई सम्भावनाको दृष्टि र हिम्मतका साथ हेर्ने समय आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img