नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग दुई खेलको टी-२० आई सिरिज आयोजना गरेको हो, जसको पहिलो खेल आज वैशाख ७ गते साँझ हुने छ।
यस प्रतियोगितालाई औपचारिक रूपमा “Under Lights T20I Series” नाम दिइएको छ। यो सिरिज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (कीर्तिपुर) मा वैशाख ७ र ८ गते हुनेछ। दुवै खेल साँझ ५ बजे सुरु हुनेछन्। यस सिरिजको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरिएको छ ।
यो नेपालको घरेलु मैदानमा पहिलो पटक डे-नाइट अन्तर्राष्ट्रिय क्रिकेट खेल हो। यसअघि नेपालले अन्तर्राष्ट्रिय खेलहरू दिनको समयमा मात्र खेलेको थियो। फ्लडलाइट जडान भएपछि अब रातको समयमा पनि रोमाञ्चक खेल हेर्न पाउने भएका छन्।
यो सिरिजलाई आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीको रूपमा पनि लिइएको छ। नेपाली टोलीले युएईविरुद्ध घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
यस अघि : भारत र पाकिस्तानका ५ क्रिकेटरलाई युएईले दियो नागरिकता, नेपालसँग खेल्न बलियो टिम आउँदै













