Wednesday, July 8, 2026
spot_img

बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्छ: नाडा पूर्व अध्यक्ष दुलाल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताएका छन् । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा बिहीबार आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडी फर्किनु नपर्ने उनको दावी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै, कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधीका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img