Wednesday, July 8, 2026
spot_img

हुन्डाई, बीएमडब्ल्यू, फोरथिङ र केई ब्राण्डको विशेष प्रदर्शनी

spot_img

लक्ष्मी ग्रुपले आफूले आयात गर्ने चर्चित सवारी ब्राण्डहरुको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ । लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले आफ्ना ग्राहकलाई लक्षित गरी ‘लाक्सपेरिएन्स’ नामक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

कम्पनीले भदौ ७ र ८ गते काठमाडौँको गैह्रीधारास्थित सिल्भर ओकमा ‘लक्सपेरियन्स’ आयोजना गर्न लागेको हो ।

दुइ दिनसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा हुन्डाई, बीएमडब्लू, फोरथिङ र केई ब्राण्डका कारहरु राखिने कम्पनीले जनाएको छ ।

‘लक्सपेरियन्स’मा नयाँ कार खरिद गर्न वा पुरानो कार सट्टापट्टाको सुविधा उपलब्ध हुनेछ । कार एक्स्जेन्जमा तत्काल मूल्यांकन, लोयल्टी बोनस, फाइनान्सिङ र इन्स्योरेन्स सुविधा पनि ग्राहकले पाउने छन् ।

कम्पनीले लाक्सपेरिएन्सलाई गाडीको प्रदर्शनी मात्र नभएर एक पूर्ण मनोरञ्जनात्मक उत्सवका रूपमा प्रस्तुत गरिएको जनाएको छ ।

बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिन पाइनेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ।

स्विमिङ र किड्स जोनः परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको छ । नेल आर्ट, मेहेन्दी सुविधा पनि राखिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img