Wednesday, July 8, 2026
spot_img

टाटा मोटर्सद्वारा NADA अटो शोमा नयाँ EV मोडल र आकर्षक अफर सार्वजनिक

spot_img

टाटा मोटर्सले यस वर्षको NADA अटो शो 2025 मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ । सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको हो ।

यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ ।

  • सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
  • आकर्षक Discounts र Best Exchange Valuation
  • ३ वर्षसम्म निःशुल्क Servicing
  • निःशुल्क AutoPlus Insurance
  • निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
  • घरमै निःशुल्क Charging Station Installation
  • निःशुल्क Embossed Number Plate

यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।

Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालले टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउने बताएका छन् ।

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।

टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ।

NADA अटो शो 2025 भदौ ३ देखि ८ गतेसम्म (August 19–24, 2025) काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img