नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल्स क्षेत्रले १० लाख भन्दा बढीलाई रोजगारी दिएको बताएका छन् । आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले अटोमोबाइल्स क्षेत्रले मुलुकभरमा १० लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बताएका हुन् ।
अटोमोबाइल्स व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताउँदै अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग केवल सवारी साधन बिक्री वितरणमा सीमित नभई लाखौं मानिसको मानिसको दैनिक जीवन निर्वाहसँग समेत जोडिएको पनि बताए ।
उनले युवालाई सीप सिकाएर स्वदेशमै रोजगारी दिने अभियानमा समेत नाडा रहेको पनि बताएका छन् ।
अध्यक्ष चौधरीले यसपटकको अटो शोमा ह्युमनाइड रोबोट र फ्लाइङ ट्याक्सीसमेत सार्वजनिक गरिएको जनाउँदै यो देशकै लागि गर्वको विषय भएको समेत जनाएका छन् ।
अध्यक्ष चौधरीले सरकारले अब सरकारले आगामी दिनमा एसेम्बलिङ उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकार अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।













