Wednesday, July 8, 2026
spot_img

पोखरामा बीवाईडीको नयाँ शोरूमसहित ‘बीवाईडी सिलायन ७’ सार्वजनिक

spot_img

नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पश्चिम क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित कार्यक्रममा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको सहभागितामा शोरुम शुभारम्भसँगै सिलायन ७ लाई पनि सार्वजनिक गरिएको साइमेक्सले जनाएको छ ।

बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी ९ऋक्ष्रख्क्ष्० मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२ हजार ८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्ने र जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराने बताइएको छ ।

शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने पनि बताइएको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो । नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ ।

यस विस्तारका साथै, साइमेक्सले पोखरामा आफ्नो संचालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २...

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...
spot_img