Tuesday, March 10, 2026

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धि प्रस्तावित निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल र यातायात व्यवस्था विभागबीच प्रस्तावित ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धि निर्देशिका’बारे छलफल भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा विभागमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी उक्त निर्देशिकासहित अटोमोबाइल्स क्षेत्रका विभिन्न विषयमाथि छलफल भएको नाडाले जनाएको छ ।

भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरेका छन् । साथै, उनले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरु बारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा राखेका छन् ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता औल्याएका छन् । उनले केही बुँदाहरुमा सिलसिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने बताएका हुन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपालमै ब्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिँदै निर्देशिकाले यो विषय पनि समेट्नुपर्ने बताएका छन् ।

सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र संघ र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताएका छन् ।

छलफलमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकार राख्ने संस्थासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने प्रतिवद्धता जनाएका छन् । उनले नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धि कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भईरहेको बताए । उनले यस विषयमा नाडासंग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बढ्यो वायु प्रदूषण, मास्क लगाउन र सावधानी अपनाउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह...

हिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ...

कच्चा तेलको मूल्य बढेर १०० डलर नाघ्यो, नेपाललाई कस्तो असर पर्छ ?

विश्वव्यापी कच्चा तेलको बजारमा हालैको विकासक्रमले तेलको मूल्यमा उल्लेखनीय...

बालेनले बुझाए चुनाव लड्दाको खर्च विवरण, १४ लाख १७ हजार खर्च हुँदा के को लागि कति ?

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफ्नो...

रास्वपा सरकारसँग पर्यटन क्षेत्रको अपेक्षाः टुरिजम मास्टर प्लानदेखि होटललाई उद्योगको मान्यता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकार बन्ने भएपछि...
spot_img